Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

प्रचण्ड–नेपाल समूहको आम हड्तालको नालिबेली, ट्याक्सीमा आगजनी, १५ सवारीमा तोडफोड, २७ राउण्ड हवाई फायर : १५७ कार्यकर्ता पक्राउ

प्रचण्ड–नेपाल समूहको आम हड्तालको नालिबेली, ट्याक्सीमा आगजनी, १५ सवारीमा तोडफोड, २७ राउण्ड हवाई फायर : १५७ कार्यकर्ता पक्राउ

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्तालले देशभरको जनजीवन प्रभावित भएको छ । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको बन्द उलंघन गर्ने  १५ वटा सवारी साधनमा तोडफोड भएको छ भने एउटा ट्याक्सी जलाइएको छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारी सडकमा ‘बन्द सफल पारौं’ भन्दै प्रदर्शनमा उत्रिएका थिए । 

प्रदर्शनकारीले राजधानीको गोंगबुमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् । चालक कुम्भनारायण श्रेष्ठलाई सामाखुसी जाउँ भनेर भित्र छिर्ने बित्तिकै दुई जनाले पेट्रोल छर्केर आगजनी गरेका थिए ।

राजधानीसँगै उपत्यकाबाहिरका विभिन्न जिल्लामा प्रदर्शनकारीले एउटा सरकारीसहित १५ वटा सवारीमा तोडफोड गरेको प्रहरी मुख्यालयले जनाएको छ। प्रहरीले प्रदर्शनमा उत्रिएका १५७ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुलाई साँझ रिहा गर्ने बताएको छ । 

काठमाडौं भित्रिने मुख्य नाकामा भने प्रदर्शनकारीले सवारी आवागमनलाई अवरोध गरेका थिए। नागढुंगा, कोटेश्वर, चावहिल, बालाजु बाईपास, गोंगबु, कलंकीलगायतका स्थानमा प्रदर्शनकारीको घुँइचो थियो। 

बन्द सफल पार्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्षद्वय प्रचण्ड, नेपाल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु सडकमा उत्रिएका थिए। दाहाल गाडी चढेरै कोटेश्वर पुगेका थिए। नेपाल भने स्कुटरमा चढेर अवलोकनका लागि भन्दै विभिन्न स्थानमा पुगेका थिए। 

चावहिल र कोटेश्वरमा भने मुडभेडको अवस्था आउनसक्ने आंकलन गर्दै  प्रहरीले सवारी आवागमन रोकेको थियो । प्रदर्शनकारीले प्रेसलाई समेत निशाना बनाएका छन् । ललितपुरको सातदोबाटोमा माउन्टेल टेलिभिजनकर्मी दिवाकर साहमाथि हातपात गरे। 

राजधानीमा प्रदर्शनकारी र प्रहरीबीच मुडभेडको अवस्था नदेखिए पनि जनकपुर, विराटनगर, धादिङ, वीरगंज लगायतका केही जिल्लामा घम्साघम्सी भएको छ। स्थिति नियन्त्रणमा लिन जनकपुरमा प्रहरीले २७ राउण्ड हवाई फायर र १२ राउण्ड टियर ग्यास प्रहार गरेको छ । 

प्रदर्शनमा पूर्वमन्त्री रामचन्द्र झालगायत प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै धनगढीमा दाहाल–नेपाल समूह र ओली समूहका प्रदर्शनकारीबीच झडप भएको हो । 

प्रदर्शनकारी बिहानै तोडफोडमा उत्रिएपछि दिउँसोसम्म मोटरसाइकलबाहेक निजी सवारीसाधन गुडेनन् ।  बन्दको दिन ट्याक्सी, टेम्पो र माइक्रोबस भने भाट्फुट्ट चलेका छन् । मुख्य सडकका व्यापरिक केन्द्र सबै बन्द भए । राजधानीमा भित्री गल्लीका पसलहरु फाट्फुट्ट खुलेका छन् । 

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले प्रहरीको सुझबुझकै कारण ठूलो दुर्घटना टरेको बताए। उनले भने,‘ठाँउठाउँमा गाडी तोडफोड भए, प्रदर्शनकारीलाई समयमै पक्राउ गरेर स्थानान्तरण ग¥यौं। त्यस्तो अप्रिंय घटना हुन पाएन।’

प्रतिक्रिया