Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

एक जना गाडीमा र अर्को एक जना मोटरसाइकलमा हिँड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै थिए  ।” प्रधानमन्त्री ओली

एक जना गाडीमा र अर्को एक जना मोटरसाइकलमा हिँड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै थिए  ।”    प्रधानमन्त्री ओली

गरीबको तरकारी फ्याँकेर उनीहरुले महान् आन्दोलन सफल पारे

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताएका छन् ।

अखिल नेपाल किसान सङ्गठनले आज आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले भने, “गरीबको तरकारी फ्याँकेर उनीहरुले महान् आन्दोलन सफल पारे । एउटी बूढी आमाले डोकामा ल्याएको टमाटर सडकभरि फ्याँकेर क्रान्तिकारिता देखाए ।”

अध्यक्ष दाहाल र नेपालले अरुको गाडी जलाएर आफू गाडी चढेर जनताले दुःख पाएको ‘तमासा’ हेर्दै हिँडेको उल्लेख गर्दै भने, “एक जना गाडीमा र अर्को एक जना मोटरसाइकलमा हिँड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै थिए  ।”

ओलीको भनाई थियो, “उहाहरु आक्रमक ढङ्गले आउनु हुन्छ । नियम तोड्न खोज्नु हुन्छ । धाकधक्कु लगाउनुहुन्छ । नियय र कानून मान्दिन भने । प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी नायब उपरीक्षक (एसपी) लाई हप्कीदप्की गर्नु हुन्छ । यो गलत हो । म आग्रह गर्न चाहान्छु कि तपाईँहरु कानूनको पालना गर्नुहोस् । राष्ट्रसेवकलाई हप्कीदक्पी नगर्नुृहोस् ।”

किसानका समस्या समाधान गर्नेमा सरकार गम्भीरतापूर्वक लागेको उनको भनाइ छ । पार्टी अब आन्तरिकरुपमा सुदृढ हुँदै शुद्धीकरण र विस्तारित हुने उनको भनाइ छ । अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी किसान आन्दोलनको जगमा अडिएको बताउँदै पार्टी प्रतिबन्ध भएको अवस्थामा किसान महासङ्घ र विद्यार्थीबाट नै पार्टीका काम गरिएकोे स्मरण गरे । किसान आन्दोलन नै परिवर्तनको खम्बा रहेको भन्दै उनले यसले सामाजिक जागरण र परिवर्तनका लागि संवाहकका रुपमा काम गर्नुपर्ने भनाइ राखे । उनले जमीनको सदुपयोग गरी खाली ठाउँ हुन नदिने आग्रह गर्दै त्यसका लागि केही नभए मेवा, खुर्सानी र केरा रोप्न आग्रह गर्दै किसानले कृषिसँगै राजनीतिक जागरणलाई देशव्यापीरुपमा अगाडि बढाउनु पर्छ भने ।  -रासस

प्रतिक्रिया