ताजा अपडेट
काङ्ग्रेस अछामका उपसभापतिको राजीनामा स्वीकृत , उपसभापतिको जिम्मेवारी नयाँराम बजगाईलाई
माघ २३ , अछाम
नेपाली काङ्ग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगानाको राजीनामा स्वीकृत भएको छ । पार्टी विधान र पद्धति अनुसार नचलेको भन्दै ढुंगानाले राजीनामा दिएका थिए ।
उपसभापति ढुंगानाले माघ १६ गते दिएको राजिनामा पत्रलाई नेपाली काङ्ग्रेस अछामले शुक्रबार पत्रकार सम्मेलन गरि राजिनामा स्वीकृत गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पाटी सभापति भरत कुमार स्वारले नेपाली काङ्ग्रेस पाटी भित्र विधि पद्धती छैन ,आत्मसम्मान,मुल्यांकन नहुनु भन्ने कुरा निराधार मात्रै भएको बताउदै स्वारले राष्ट्रियता,लोकतन्त्र,शिरोधार्य गर्दै सामाजिक न्यायको पक्षमा निरन्तर संघर्समा रहेको पाटी नेपाली काङ्ग्रेस पुर्ण रुपले बिधि,बिधान र पद्धतिमा संचालनमा रहदै सबैको सम्मान ,मुल्यांकन र संरक्षण गर्दै आइरहेको बताए । साथै उहाँले ब्यक्तिगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थमा बिश्वास गर्ने पाटी विधि पद्धतिमा नचलेको भनी प्रचारबाजि गर्ने काम कदापि सत्य नरहेको दाबी गर्नुभयो ।
सभापति स्वारले उपसभापति ढुंगानालाइ बेला बेलाम सम्झाउने र सहमतिमा ल्याउने प्रयास गरेपनि नेता ढुंगानाले पाटिको हित बिपरित क्रियाकलाप गर्दै आएकोले अन्ततः उहाँले दिएको राजीनामा पत्र स्वीकृत गर्न बाध्य भएको बताए ।
नेपाली काङ्ग्रेस अछामका सभापति भरतकुमार स्वारका अनुसार यसअघि पनि ढुंगानाको राजीनामा आएको थियो । तर, पार्टीले स्वीकृत गरेको थिएन ।
पटकपटक अस्विकृत गर्न सक्ने अवस्था नहरेकाले ढुंगानाले राजीनामा दिएको करिब एक हप्तापछि स्वीकृत गरिएको उहाँले बताउनुभयो ।
ढुंगानाको राजीनामा स्वीकृत भएसँगै पार्टीले नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य नयाँराम बजगाईलाई उपसभापतिको जिम्मेवारी दिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया