Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

काङ्ग्रेस अछामका उपसभापतिको राजीनामा स्वीकृत , उपसभापतिको जिम्मेवारी नयाँराम बजगाईलाई

काङ्ग्रेस अछामका उपसभापतिको राजीनामा स्वीकृत , उपसभापतिको जिम्मेवारी  नयाँराम बजगाईलाई

माघ २३ , अछाम 

नेपाली काङ्ग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगानाको राजीनामा स्वीकृत भएको छ । पार्टी विधान र पद्धति अनुसार नचलेको भन्दै ढुंगानाले राजीनामा दिएका थिए । 

उपसभापति ढुंगानाले माघ १६ गते दिएको राजिनामा पत्रलाई नेपाली काङ्ग्रेस अछामले शुक्रबार पत्रकार सम्मेलन गरि राजिनामा स्वीकृत गरेको जनाएको छ ।


पत्रकार सम्मेलनमा बोल्दै पाटी सभापति भरत कुमार स्वारले नेपाली काङ्ग्रेस पाटी भित्र विधि पद्धती छैन ,आत्मसम्मान,मुल्यांकन नहुनु भन्ने कुरा निराधार मात्रै भएको बताउदै स्वारले राष्ट्रियता,लोकतन्त्र,शिरोधार्य गर्दै सामाजिक न्यायको पक्षमा निरन्तर संघर्समा रहेको पाटी नेपाली काङ्ग्रेस पुर्ण रुपले बिधि,बिधान र पद्धतिमा संचालनमा रहदै सबैको सम्मान ,मुल्यांकन र  संरक्षण गर्दै आइरहेको बताए । साथै उहाँले ब्यक्तिगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थमा बिश्वास गर्ने पाटी  विधि पद्धतिमा नचलेको भनी प्रचारबाजि गर्ने काम कदापि सत्य नरहेको दाबी गर्नुभयो । 

सभापति स्वारले उपसभापति ढुंगानालाइ बेला बेलाम सम्झाउने र सहमतिमा ल्याउने प्रयास गरेपनि नेता ढुंगानाले पाटिको हित बिपरित क्रियाकलाप गर्दै आएकोले  अन्ततः उहाँले दिएको राजीनामा पत्र स्वीकृत गर्न बाध्य भएको बताए ।


नेपाली काङ्ग्रेस अछामका सभापति भरतकुमार स्वारका अनुसार यसअघि पनि ढुंगानाको राजीनामा आएको थियो । तर, पार्टीले स्वीकृत गरेको थिएन ।

पटकपटक अस्विकृत गर्न सक्ने अवस्था नहरेकाले ढुंगानाले राजीनामा दिएको करिब एक हप्तापछि स्वीकृत गरिएको उहाँले बताउनुभयो । 

ढुंगानाको राजीनामा स्वीकृत भएसँगै पार्टीले नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य नयाँराम बजगाईलाई उपसभापतिको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया