Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आगामी आईपीएलका लागि ८ नेपाली खेलाडीले दर्ता गराए नाम

आगामी आईपीएलका लागि ८ नेपाली खेलाडीले दर्ता गराए नाम

इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन्।अक्सनका लागि १ हजार ९७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। यसमा ८ सय १४ भारतिय र २ सय ८३ विदेशी खेलाडी छन्। एसोसिएट राष्ट्रका २७ खेलाडीले आईपीएल अक्सनका लागि नाम दर्ता गराएका छन्। नेपालबाट ८ जना खेलाडी छन्।

अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियट राष्ट्रका खेलाडी छन्। आईपीएल अक्सनमा ६१ खेलाडी बिक्ने छन्। एउटा टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ। आगामी सस्करणको आइपीएलका लागि कुन कुन खेलाडीले नाम दर्ता गराएका छन् त्यो बारे भने केही खुलाइएको छैन।

आगामी संस्करणको लागि दिल्लीले सन्दीप लामिछानेलाई फुकुवा गरेको छ। सन्दीपले तिन सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए। गत सिजन भने उनले पूरै समय बेन्चमा बिताएका थिए। यसमा ८ भन्दा बढी विदेशी खेलाडी भने राख्न पाइदैन। आईपीएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो। अक्सन आगामी १८ फेब्रुअरीमा चेन्नईम हुनेछ।

अक्सनका लागि वेष्ट इण्डिजबाट सबैभन्दा धेरै ५६ खेलाडीले नाम दर्ता गराएका छन्। अष्ट्रेलियाबाट ४२, श्रीलङकाबट ३१, अफगानिस्तानबाट ३०, न्युजिल्याण्डबाट २९, इंग्ल्याण्डबाट २१, युएईबाट ९, स्कटल्याण्डबाट ७, बगंलादेशबाट ५ खेलाडीले नाम दर्ता गराएका छन्। यस्तै आयरल्याण्ड, जिम्बाबे र युएसएबाट समान २ जना र नेदल्याण्डबाट १ जना खेलाडीले नाम दर्ता गराएका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ