Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०४ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

नागरिक एपमा नागरिकता सच्याउने सिस्टम तयार भयो

नागरिक एपमा नागरिकता सच्याउने सिस्टम तयार भयो

सरकारले हालै परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपमा धेरै प्रयोगकर्ताको चासो देखिएको छ । तर एपमा नागरिकताको विवरण अनिवार्य गरिएका कारण रेकर्ड फेला नपरेपछि धेरैजसोले खाता नै खोल्न नसकेको गुनासो गरेका छन् । 

जनताको त्यस किसिमको गुनासो सम्बोधन गर्न गृह मन्त्रालयले अनलाइन सिस्टम विकास गर्ने घोषणा गरेको थियो । अब भने उक्त सिस्टमको प्राविधिक तयारी पुरा भइसकेको गृह मन्त्रालयले जनाएको छ । 

हाल परीक्षणको क्रममा रहेको उक्त सिस्टम अबको केही साताभित्र सार्वजनिक गरिने मन्त्रालयको आईटी शाखा प्रमुख खुमाकान्त आचार्यले जानकारी दिए । 

नयाँ सिस्टम अनुसार नागरिक एपमा खाता खोल्ने क्रममा विवरण फेला नपरेको वा नमिलेको अवस्थामा प्रयोगकर्ताले त्यहाँ प्रमाणीकरणका लागि अनुरोध गर्ने विकल्प देख्न सक्नेछन् ।

त्यसमा क्लिक गरिसकेपछि आवश्यक विवरण भरेर आफ्नो नागरिकताको दुवैतर्फबाट फोटो खिचेर सच्याउनका लागि अनुरोध गर्न सकिनेछ । नागरिक एपबाट पठाइएको यस्तो अनुरोध गृह मन्त्रालयको यो नयाँ कम्प्लेन ह्याण्डलिङ पोर्टलमा पुग्नेछ । 

जसमा देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयको एक्सेस रहने बताइएको छ । यसरी आएको गुनासो सम्बन्धित जिल्ला प्रशासन कार्यालयका अपरेटरले चेक गरी त्यहाँ रहेको रेकर्डसँग भिडाउनेछन् । 

त्यसको आधारमा इन्ट्री नभएको विवरण राख्ने, गलत विवरण सच्याउने लगायतका कामहरु अगाडि बढाइने मन्त्रालयले जनाएको छ । त्यसक्रममा हरेक चरणको अपडेट प्रयोगकर्तालाई मोबाइल म्यासेजको रुपमा प्राप्त हुनेछ ।

कुनै विवरण सच्याउन सम्बन्धित व्यक्ति स्वयम् जल्ला प्रशासन कार्यालय पुग्नुपर्ने अवस्था भएको खण्डमा त्यसको जानकारी समेत प्रयोगकर्तालाई दिइनेछ । प्राविधिक तयारसँगै त्यसको कार्यान्वयनका लागि प्रशासनिक प्रक्रिया समेत अगाडि बढिसकेको शाखा प्रमुख आचार्यको भनाई छ ।

उनका अनुसार सिस्टममा एक्सेस गर्न तालिम दिनुका साथै अपरेटर तोकिनेछ । यसरी प्रशासनिक र परीक्षणको काम सम्पन्न भइसकेपछि अबको केही हप्ताभित्र नागरिकता विवरण सच्याउने सुविधा उपलब्ध हुने आचार्यले बताए । 

अनलाइनसँगै अन्य माध्यमबाट समेत नागरिकता विवरण सच्याउन सकिनेछ । यसका लागि ईमेल, फोन नम्बर वा सोझै प्रशासन कार्यालय जान सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया