Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आज संसद् विघटन र नियुक्तिविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्दै कांग्रेस

आज संसद् विघटन र नियुक्तिविरुद्ध  शान्तिपूर्ण आन्दोलन गर्दै कांग्रेस

प्रतिनिधिसभा विघटन र सरकारले गरेको संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध आज कांग्रेस सम्बद्ध भातृ संस्थाले प्रदर्शन गर्दैछन्। एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भातृ संस्थाको प्रदर्शन शनिबार गर्न लागिएको जानकारी दिए।

देशभरका सदरमुकाममा कालो पट्टी, मास्कसहित नारा लेखिएको प्ले कार्ड छातिमा टाँसेर मौन रुपमा विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ। काठमाडौंको भद्रकालीमा भेला भइ मानवसाङ्लोमा टुँडीखेल घेर्ने कार्यक्रम पनि रहेको छ।

बिहीबार प्रचण्ड–नेपाल समूहले गरेको नेपालबन्दप्रति पनि लक्षित गर्दै जनतालाई दुःख नदिएर कांग्रेस शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको शर्माले बताए। ‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा सालीन ढंगले प्रस्तुत हुँदै आयो। अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं’, विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं। विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं।’

प्रतिनिधिसभा विघटन, त्यस विरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणका तीन विषयमा गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापक बनाउने कांग्रेसले जनाएको छ।

कांग्रेसले संवैधानिक परिषद सम्बन्धि संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले सुरुदेखिनै कुल्चिँदै आएको विषयमा संस्थागत निर्णयका साथ कांग्रेस प्रष्ट रुपलेविरुद्धमा उभिएको दाबी गरेको छ। 

कांग्रेसले आगामी फागुन तीन गते पनि ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने बताएको छ। कांग्रेसले यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै वडा तहसम्म विरोध प्रदर्शनका कार्यक्रम गरिसकेको छ। पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्‍त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ। अन्नपुर्ण पोष्ट

प्रतिक्रिया