ताजा अपडेट
गुड्दै गरेको भ्यानमा आगो सल्कियो - अछाम
अछाममा गुड्दै गरेको भ्यानमा आगो सल्किएर नष्ट भएको छ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका मोटेनामा नापी विभागको बा २ झ १७१२ नम्बरको पिकअप भ्यानमा आगो लागेर नष्ट भएको अछाम प्रहरीले बताएको छ।
प्रहरीका अनुसार भ्यानको इन्जनमा आएको समस्याका कारण आगो सल्किएको हो। आइतबार बेलुका साढे ७ बजेको समयमा भ्यानमा आगो सल्किएको इलाका प्रहरी कार्यालय साँफेले बताएको छ।
चौरपाटि गाउँपालिकाबाट गाडी जिल्ला सदरमुकाम फर्कदै गर्दा एक्कासि धुवा आएको र आगो लागेको प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया