Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रालयद्वारा सेवा सुविधामा मात्रै साढे १ करोड खर्च, बर्खास्ती मन्त्रीले १ दिनको पनि छोडेनन् सुविधा

सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रालयद्वारा सेवा सुविधामा मात्रै साढे १ करोड खर्च, बर्खास्ती मन्त्रीले १ दिनको पनि छोडेनन् सुविधा

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रायले चालु आर्थिक वर्षको ६ महिनामा सेवासुविधामा मात्रै झण्डै साढे १ करोड खर्च गरेको छ।

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुस मसान्तसम्म सो मन्त्रालयले सेवा सुविधामा मात्र १ करोड ४१ लाख ६४ हजार रुपैयाँ खर्च गरेको पाइएको हो। 

मन्त्रालयले दिएको विवरण अनुसार कर्मचारी तथा पदाधिकारी पारिश्रमिक, इन्धन सुविधा, भ्रमण भत्ता, सञ्चार सुविधा, बिजुली खानेपानीलगायतका शिर्षकमा सो रकम खर्च भएको देखाइएको छ। सबैभन्दा धेरै पारिश्रमिक कर्मचारी र पदाधिकारी शिर्षकमा ७५ लाख ९६ हजार खर्च भएको छ। जसमा कर्मचारीको पारिश्रमिकमा ६५ लाख र बर्खास्तमा परेका तत्कालीन मन्त्री पठानसिंह बोहरासहित स्वकीय सचिवालयका कर्मचारीले १० लाख ९५ हजार रकम भुक्तानी लिएका छन्। 

मन्त्री बोहरालाई नेकपा विवादको क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले पुस १४ गते बर्खास्त गरेका थिए। बर्खास्तमा परेका मन्त्री बोहराले पुस महिनाको १४ दिनसम्मको सेवा सुविधाबाफतको रकम बुझेका हुन्।

यस्तै, सवारी साधन मर्मत शिर्षकमा ३ लाख ६३ हजार, इन्धन शिर्षकमा ६ लाख  ६८ हजार खर्च गरेको छ।  चालु वर्षमा कार्यालय प्रयोजनका लागि इन्धन शिर्षकमा १९ लाख र पदाधिकारी शिर्षकमा ५ लाख ८२ हजार रकम विनियोजन गरिएको छ।  इन्धन अन्य शिर्षकमा समेत ३ लाख विनियोजन गरिएकोमा १८ हजार ५ सय खर्च भएको छ।

यस्तै महंगी भत्ता शिर्षकमा कुल १३ लाख २० हजार विनियोजन गरेकामा २ लाख २४ हजार खर्च गरिएको छ। अन्य भत्ता शिर्षकमा विनियोजन गरिएको १३ लाख ३० हजारमा  ७ लाख ३२ हजार रकम खर्च भएको छ। तर पदाधिकारी बैठक भत्ता शिर्षकमा विनियोजन गरिएको रकम भने खर्च भएको छैन्। 

पानी र बिजुली शिर्षकमा २१ लाख १९ हजार विनिनयोजन गरिएकोमा ११ लाख ९६ हजार खर्च, संचार महसुलमा ९ लाख ६९ हजार विनियोजन गरिएकोमा २ लाख खर्च, मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चार खर्चमा पुन ८ लाख विनियोजन गरिएकोमा २५ हजार खर्च  गरिएको छ। 

चालु आर्थिक वर्षा २०७७/०७८ का सुरुका महिनाहरुमा कोरोना भाइरसको संक्रमणको त्रासले कार्यक्रम सञ्चालन गर्न नपाएको सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुस महिनामा मात्र २४ लाख २५ हजार खर्च गरेको छ। 

प्रतिक्रिया

ट्रेन्डिङ