ताजा अपडेट
सवारी साधन किन्ने पैसा विकास निर्माणमा खर्च गर्दै बुढाकोटका जनप्रतिनिधि
धिरज कुँवर (अछाम)
साँफेबगर नगरपालिका -९ बुढाकोटको १३ वटै टोल सडक संजालसँग जोडिएका छन् । वडाका जनप्रतिनिधिले सवारी साधन किन्ने पैसाले स्थानीयको आवस्यकतालाई मध्यनजर गरेर सडक संजालसँग जोडेको वडा अध्यक्ष धुर्व थापाले बताउनुभयो ।
सडक र बिजुलीबाट हालसम्म बन्चित छेपराना टोलमा यहि आवमा बिजुली पुग्ने वडा सदस्य दिपक कुवँरले बताउनुभयो । वडाका हरेक विकास निर्माणका काममा जनप्रतिनिधि , स्थानीय सरोकारवालाको एकनासको धारणा भएको अर्का वडा सदस्य नर बहादुर कुँवरले बताउनुभयो ।
वडाका जनप्रतिनिधिले सवारी साधन किन्ने पैसा विकास निर्माणमा लगाउदा स्थानीयए समेत खुशी व्यक्त गरेको सरस्वती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नवल सिंह कुँवरले बताउनुभयो ।जनप्रतीनिधीले आफ्नो सुविधाका लागि करोडौं रुपैयाँ सवारी साधन खरिदमा खर्च गर्ने गरेको बेला यहाँका जनप्रतीनिधीले विकास निर्माणमा खर्च गरेर उदाहरणीय काम गरेको उहाँले बताउनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया