ताजा अपडेट
सिता एयरलाईन्सद्धारा अछामको साँफेबगरमा उडान परिक्षण
सिता एयरलाईन्सले अछामको साँफेबगरमा उडान परिक्षण गरेको छ । सिताले आज साँफेबगर एयरपोर्टमा परिक्षण उडान गरेको हो । साँफे धनगढी उडान सचालनका लागी उडान भरेको एयरलाईन्सले जनाएको छ । प्रदेश राजधानीसंग सदरका पहाडी जिल्लालाई जोड्नका लागी डोटी,अछाम र बैतडीको पाटनमा लगायतका जिल्ला आज उडान सिता एयरका बरिष्ठ महाप्रबन्धक परिक्षण घनश्याक भषालले बताए ।
नागरिक उड्यन प्राधिकरणलाइ उडान परिक्षणको प्रतिबेदन बझाएपछि बजार व्यवस्थापकले नियमित उडानको मिति तोक्ने भषालले बताए । सदरका पहाडि जिल्लामा रहेका एयरपोर्ट मध्ये साँफेबगर एयरपोर्ट उडानका लागी सहज रहेको क्याप्टन रबिन्द्र ढंगोलले बताए । अहिले समिट एयरले नियमित रुपमा उडान गरिरहेको छ । समिटले हप्ताको एकदिन आईतवार साफे नेपालगज र बाकीदिन साफे धनगढी उडान गरिरहेको छ ।
नियमित उडानले स्थानीयहरुलाई निकै सहज भएको स्थानीयहरुले बताएका छन् । बसको लामो यात्रा गर्दा हने समस्याबाट छटाकारा मिलेको स्थानीय प्रेमराज जोशीले बताए । सुदुरपश्चीमका पहाडी जिल्ला मध्ये अछाममा दुई वटा एयरपोट रहेको छन् । साँफेको एयरपोर्ट सचालनमा रहेको भने कमलबजारमा रहेको एयरपोर्ट सचालनमा आउन सकेको छैन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया