ताजा अपडेट
पत्रकार तेजु खड्काको मृत्यु प्रति सत्यतथ्य छानविन गरी अनुसन्धान गर्न प्रेस युनियन अछामको माग।
१७ असार २०७७ अछाम ।
वेपत्ता पत्रकार तेजु खड्काको निधन पुष्टि भएपछि नेपाल प्रेस युनियन अछाम शाखाले शोक व्यक्त गरेको छ । प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष समेत रहेका खड्काको नि’धन प्रति दुख व्यक्त गर्दै युनियन अछामले श्र’द्धाञ्जली व्यक्त गरेको हो ।
अछाम शाखाका अध्यक्ष टंक प्रसाद रिमालले एक शोक वक्तव्य जारी गर्दै संगठनका एक संस्थापकलाई गुमा’उनु पर्दा संगठन तथा पत्रकारिता जगतमा ठुलो क्षति पुगेको जनाएका छन् । खड्का करिब तिन बर्षअघि २०७५ भाद्र ९ गते बाजुरा जिल्लाको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रको रिर्पोटिङ तथा दर्शन गरेर फर्किने क्रममा वेपत्ता भएका थिए । त्यसपछि २०७६ मंसिर उनको झोलासंगै पर्स र कंगाल भेटिएको थियो । उक्त कंगाल नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परिक्षण गर्दा मंगलवार सो कंगाल पत्रकार खड्काको नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
शो’क वक्तव्यमा ‘रिर्पोटिङमा हिडेका पत्रकार यसरि वेपत्ता हुनु, वषौं पछि कंगाल भेटिनु तथा कंगालसंगै फेला परेका केही सामाग्रीहरू लामो समयपछि पनि दुरूस्तै देखिदा घट’नाप्रति गहिरो छान’बिन हुनुपर्ने आवश्यकता खड्किएको छ’ भनिएको छ । ‘प्रेस युनियनले घट’नाको अध्ययन तथा प्रकृती हेर्दा पत्रकार खड्काको हत्या भएको आशंका गरेको छ’, वक्तव्यमा भनिएको छ,’ प्रेस युनियन जिल्ला शाखा अछामले मृतक पत्रकार खड्काको नि’धन भएको घटनाको सत्यतथ्य छान’विन तथा गहिरो अनुसन्धान गर्न सरोकारवाला निकायसँग जोडदार माग समेत गरेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया