Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कालागाउँमा नि :शुल्क स्वास्थ्य शिवीर सञ्चालन

कालागाउँमा नि :शुल्क स्वास्थ्य शिवीर सञ्चालन

माघ २९ अछाम

मंगलसेन नगरपालिका -१४ कालागाउँमा चिकित्सक सहितको नि:शुल्क स्वास्थ्य शिवीर सञ्चालन गरीएको छ । पञ्चपुरी अस्पताल प्रा.लि. बाबियाचौर सुर्खेतको आयोजनामा शिवीर सञ्चालन गरीएको हो । पञ्चपुरी अस्पताल प्रा.लि.सुर्खेतका अध्यक्ष कमल कृष्ण पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि वडा अध्यक्ष तेज बहादुर भण्डारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी, स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारी रहनुभएको थियो । स्वास्थ्य शिवीर तर्फ बिहिवार ३ सय ५० जना लाई स्वास्थ्य सेवा दिईएको छ । १ सय ७३ जना जेष्ठ नागरकिहरुलाई न्यानो कपडा र फलफुल वितरण सहित सम्मान गरीएको छ ।

यसैबिच अन्नापुर्ण माविमा अध्ययनरत १२ जना उत्कृष्ट विद्यार्थिहरु लाई प्रमाण पत्र प्रदान, पञ्चपुरी अस्पताल प्रालिबाट कालागाउँ स्वास्थ्य चौकीका सिनियर अनमी नैना आउजी र महीला स्वास्थ्यस्वमसेविका तर्फ पारु टमट्टा लाई नगद र प्रमाण पत्र प्रदान गर्नुका साथै शिवरी सञ्चालन गर्ने क्रममा सहयोग गर्ने वक्तिहरु लाई पनि प्रमाण पत्रले सम्मान गरीएको बताईएको छ । यता मंगलसेन नगरपालिकाको तर्फ बाट पनि अस्पतालका सञ्चालक सिद्धराज रेग्मी सहीतको टीम लाई कदरपत्र र सम्मान गरीएको मंगलसेन नगरदपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले जानकारी दिनुभयो । कालागाउँको रोल जन्मघर भई हाल सुर्खेतमा बसोबास गर्दै आएका समाजसेवि तथा पञ्चपुरि अस्पतालका सञ्चालक सिद्धराज रेग्मि र तेज प्रसाद रेग्मिले जन्मभुमि प्रति सद्धभाव देखाउदै शिविरको आयोजना गरेका हुन ।

शिवरलाई यो बर्ष मात्र नभई आउने बर्षहरुमा पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन । साथै आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरुको पढाईमा सहजता होस भन्ने उद्देश्यले ३ लाखको कोष पनि स्थापना गर्ने जानकारी दिएका छन । कार्यक्रमको सञ्चालन जन्मराज रेग्मीले गर्नुभएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ