Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपाल पत्रकार महासंघ अछामको ७ औ साधारण सभा बैद्यनाथ धाममा सम्पन्न

नेपाल पत्रकार महासंघ अछामको ७ औ साधारण सभा बैद्यनाथ धाममा सम्पन्न

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको ७ औ साधारण सभा बिहिबार साँफेबगरमा सम्पन्न भएको छ । नेपालका ४ धाम मध्येको एक धार्मिक एवंम प्रटकिय स्थल बैद्यनाथ धाममा भएको सभा सम्पन्न भएको हो ।

सभामा जिल्ला समिती अछामका प्रमुख नर बहादुर कुवँर प्रमुख अथिती रहेका थिए । प्रमुख अथिति कुवँरले पत्रकारले स्वच्छ, मर्यादित र निष्पक्ष भई कलम चलाउन सुझाएका छन् ।

अछामको विकास निर्माण, सुशासन र अनियमितताका बिरुद्ध पत्रकारहरु सँधैँ क्रियाशिल हुनुपर्नेमा उनको जोड थियो । अछाममा पत्रकारीता क्षेत्रको विकास देख्दा आफुलाई खुशी लागेको भन्दै कुवँरले अब आउने दिनमा अझ बढी क्रियाशिल हुन आग्रह गरे ।

शाखा अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको कार्यक्रमका बिशिस्ट अथिती साँफेबगर नगरपलिकाका नगर प्रमुख कुल बहादुर कुवँरले प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमबारे प्रष्ट पार्न पत्रकारले पनि कलम चलाउनु पर्ने बताएका छन् ।

देशलाई अस्थिरता तर्फ धकेल्ने काम हालका प्रधानमन्त्रीको भएको भन्दै नगर प्रमुख कुवँरले ओलीले चालेको कदमबारे पत्रकारले आम नागरिकलाई सुसुचित गराउनुपर्नेमा जोड दिए ।
नेकपा प्रदेश कमिटी सदस्य समेत रहेका कुवँरले आफु जहिलेपनि सञ्चारमैत्री भएको उल्लेख गर्दे उनले पत्रकारलाई र संचारमाध्यममा केही समस्या आए आफु सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका बिशिष्ट अथिति नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले अछामका धार्मिक तथा पर्यटकिय क्षेत्रको बिषय उठान गर्न जिल्लाका पत्रकारलाई आग्रह गरेका छन् । देशको बिषयमा बोल्न थुप्रै संचार माध्यम छदैछन् उनले भने तपाईहरु पहिले जिल्लाका बिषयमा कलम चलाउनुस् ।

अहिलेको बर्तमान अवस्थामा पत्रकारका पछाडी कुनै न कुनै राजनितिक दलका नेताको नाम जोडिने गरेकोमा दुख व्यक्त गर्दै झाले यस्तो हुनुको पछाडी पत्रकारहरुको पनि कम्जोरी देखिएको औल्याएका थिए ।

अछाम लगायत सुदूरपश्चिम संग आफु नजिक रहेको भन्दै पूर्व अध्यक्ष झाले अछामका धार्मिक एवंम पर्यटकिय क्षेत्रका बिषयमा कलम चलाउनु पर्नेमा जोड दिए । आफुले अछामा आउदा पाएको माया र सम्मानको भारी एदमै ठुलो भएको उल्लेख गर्दै झाले शाखालाई धन्यवाद दिएका थिए ।

कार्यक्रमका अर्का बिशिष्ट अथिति नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले पत्रकारीता क्षेत्र सम्बेदनशिल क्षेत्र भएकाले यसमा सबैले मर्यादित हुनुपर्नेमा जोड दिए । जिल्लामा केही समस्या भए आफुलाई भन्न उनको आग्रह थियो ।

एक अर्को प्रसंगमा बोल्दै अध्यक्ष सिग्देलले यसपटकको निर्वाचनबाट महास.घलाई साझा बनाउन प्रेस युनियनको नेतृत्वमा अन्य संगसंगठनलाई लाग्न आग्रह गरेका छन् ।

कार्यक्रममा पुर्ब जिबिस सभापति कृष्ण प्रसाद जैशी, नेकपा नेता सिलोज कुवँर, रबिन्द्र शाह, नेपाली कांग्रेसका उपसभापती नयाँराम बजगाई प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले शुभकामना मन्तव्य राख्दै अछाममा पत्रकारहरुको भमिका निकै सरहानिय रहेकोमा प्रशंसा गरेका थिए । आगामी दिनमा समेत सबै पक्षमा सकरात्मक भुमिका निर्वाह गर्न उनिहरुको सुझाब थियो ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, महासचिव योगेश रावलले शुभकामना दिदैँ महासंघ प्रदेश सधैँ सुपका ९ जिल्लाको साथमा रहेको बताएका थिए । कोरोनाको कहरमा पनि प्रदेश क्रियाशिल भएर ९ वटै जिल्लाका साथिहरुलाई सुरक्षाका सामाग्री प्रदान गरेको जानकारी दिएका थिए ।

नेपाल पत्रकार महासंघ अछामका संस्थापक अध्यक्ष बेद प्रकश तिमिल्सैनाले अछामी पत्रकारीता स्वर्णिम रुपमा अगि बढेकोमा खुशी व्यक्त गरे । आफुले जिल्लामा पत्रकारीताको पूर्नजागरण गर्दाका समस्यामा स्मरण गर्दै तिमिल्सैनाले अहिलेको पत्रकारीताको विकास देख्दा आफुलार्ई गर्भ महसुस भएको उल्लेख गरे ।

साधारण सभामा पञ्चदेवल बिनायक नगरपलिकाका निमित प्रमुख प्रशासकिय अधिकृत पदम माझी, नेपाल प्रेस युनियन अछामका अध्यक्ष टंक प्रसाद रिमाल, प्रेस संगठनका जिल्ला संयोजक कृष्ण बुढा, प्रदेश सदस्य तपेन्द्र कुवर, सामुदायिक रेडियो प्रशारक संघ अछामका अध्यक्ष कमल रावल, पत्रकार शिव राज ढुंगानाले शुभकामना मन्त्ब्य राखेका थिए ।

जिल्ला शाखा उपाध्यक्ष गीता कुवरको स्वागत बाट सुरु भएको साधारण सभाको संचालन सचिव होम साउदले गरेका थिए । साधरणसभामा प्रमुख, बिशिष्ट र अन्य अथितीलाई शाखा अध्यक्ष खम्म खत्रीले मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया