Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

दुनीरवा पक्की पुलको अनुगमन

दुनीरवा पक्की पुलको अनुगमन

चौरपाटी गाँउपालिका ६ दुनी र साँफेबगर नगरपालिका १४ पातलकोट जोड्ने दुनी रवा पक्की पुलको अनुगमन तथा निरिक्षण कार्य सम्पन्न भएको छ । जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुँवर को नेतृत्व मा गएको टोलिले अनुगमन तथा निरिक्षण गरेको हो ।

टोलीमा जिल्ला समन्वय समिती का प्रमुख नर बहादुर कुँवर, समन्वय समिती उपप्रमुख टोप बहादुर रावल, प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय, ससत्र प्रहरी बल  नेपाल न ४९ गुल्मका प्रमुख जगदिश जोशि, पुर्वाधार विकाश कार्यालय साँफेबगरका प्रमुख जंग बहादुर थापा, इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख सुरेन्द्र प्रसाद जोशि, नेपाली कांग्रेस प्रदेश क का सभापती राजेन्द्र कुँवर, नेपाली कांग्रेस उध्योग विभागका केन्द्रिय सदस्य नरेन्द्र कुँवर, नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष गिता कुँवर, नेपाल फोटो पत्रकार महासंघ अछामका अध्यक्ष धिरज कुँवर, रेडियो जनप्रिय एफ. म. का समाचार प्रमुख कल्पना बोहरा, पुर्वाधार विकासका लेखा अधिकृत जयराज पाण्डे, प्राविधिक तथा साईट ईन्चार्ज राजिव शाह लगाएतको सहभागिता रहेको थियो ।

मुल्य अविबृदी कर सहित १,९१,३२,००० /- (अक्षेरुपी एक करोड एकानब्बे लाख बत्तिस हजार ) को लागतमा निर्माण भैईरहेको पुलको निर्माण कार्य अन्तिम चरण मा पुगेको छ । ४ बर्ष पहिले जिल्ला तत्कालिन जिल्ला विकाश समिती संग स्वाँर कन्ट्रक्सन ले सम्झौता गरेको थियो । बर्षातको समय सडकमा ढुवानीको समस्या र पछी गएर विश्वो महामारी कोरोनाको कारणले निर्माण कार्यमा कठिनाई हुन गएपनि पुल निर्माणको कार्य अहिले अन्तिम चरणमा पुगेको स्वाँर कन्ट्रक्सनका साईट ईन्चार्ज राजिब शाहले बताए । बाँकि रहेको काम समयमै सम्पन्न गरी सम्भवत: यसै साता भित्र पुल सन्चालनमा ल्याउन निर्माण कम्पनिलाई अनुगमन टोलिले निर्देशन दिएको छ ।

प्रतिक्रिया