Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

दुनीरवा पक्की पुलको अनुगमन

दुनीरवा पक्की पुलको अनुगमन

चौरपाटी गाँउपालिका ६ दुनी र साँफेबगर नगरपालिका १४ पातलकोट जोड्ने दुनी रवा पक्की पुलको अनुगमन तथा निरिक्षण कार्य सम्पन्न भएको छ । जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुँवर को नेतृत्व मा गएको टोलिले अनुगमन तथा निरिक्षण गरेको हो ।

टोलीमा जिल्ला समन्वय समिती का प्रमुख नर बहादुर कुँवर, समन्वय समिती उपप्रमुख टोप बहादुर रावल, प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय, ससत्र प्रहरी बल  नेपाल न ४९ गुल्मका प्रमुख जगदिश जोशि, पुर्वाधार विकाश कार्यालय साँफेबगरका प्रमुख जंग बहादुर थापा, इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख सुरेन्द्र प्रसाद जोशि, नेपाली कांग्रेस प्रदेश क का सभापती राजेन्द्र कुँवर, नेपाली कांग्रेस उध्योग विभागका केन्द्रिय सदस्य नरेन्द्र कुँवर, नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष गिता कुँवर, नेपाल फोटो पत्रकार महासंघ अछामका अध्यक्ष धिरज कुँवर, रेडियो जनप्रिय एफ. म. का समाचार प्रमुख कल्पना बोहरा, पुर्वाधार विकासका लेखा अधिकृत जयराज पाण्डे, प्राविधिक तथा साईट ईन्चार्ज राजिव शाह लगाएतको सहभागिता रहेको थियो ।

मुल्य अविबृदी कर सहित १,९१,३२,००० /- (अक्षेरुपी एक करोड एकानब्बे लाख बत्तिस हजार ) को लागतमा निर्माण भैईरहेको पुलको निर्माण कार्य अन्तिम चरण मा पुगेको छ । ४ बर्ष पहिले जिल्ला तत्कालिन जिल्ला विकाश समिती संग स्वाँर कन्ट्रक्सन ले सम्झौता गरेको थियो । बर्षातको समय सडकमा ढुवानीको समस्या र पछी गएर विश्वो महामारी कोरोनाको कारणले निर्माण कार्यमा कठिनाई हुन गएपनि पुल निर्माणको कार्य अहिले अन्तिम चरणमा पुगेको स्वाँर कन्ट्रक्सनका साईट ईन्चार्ज राजिब शाहले बताए । बाँकि रहेको काम समयमै सम्पन्न गरी सम्भवत: यसै साता भित्र पुल सन्चालनमा ल्याउन निर्माण कम्पनिलाई अनुगमन टोलिले निर्देशन दिएको छ ।

प्रतिक्रिया