ताजा अपडेट
केआइ सिंह पत्रकारिता पुरस्कारबाट पत्रकार गीता कुवँर सम्मानित
अछाम जिल्लामा डेढ दशक देखि निरन्तर सक्रिय महिला पत्रकार गीता कुवँर केआइ सिंह पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । उनलाई महासंघ प्रदेशले दोश्रो साधारण सभाको अवसरमा सम्मान प्रदान गरेको हो ।
पत्रकारीताको माध्यमाबाट सामाजिक रुपान्त्ररण र पत्रकारिताको विकासमा पुर्याएको योगदानको कदर गर्दै कुवँरलाई नगद ११ हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ । अछाम जिल्लामा रहेर सक्रिय पत्रकारीता मार्फत पुर्याएको योग्दानको कदर गर्दै कुवँरलाई सम्मान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका उपाध्यक्ष कुवँर अन्नपुर्ण मिडिया नेटवर्क र रेडियो साँफेबगरमा समेत आवद्ध रहेर काम गर्दे आईरहेकी छन् । यो पुरुस्कारले आफुलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिदैँ कुवँरले आगामी दिनमा समेत यस क्षेत्रमा अझ बढी क्रियाशिल रहने प्रतिबद्धता जनाएकी छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया