ताजा अपडेट
केआइ सिंह पत्रकारिता पुरस्कारबाट पत्रकार गीता कुवँर सम्मानित
अछाम जिल्लामा डेढ दशक देखि निरन्तर सक्रिय महिला पत्रकार गीता कुवँर केआइ सिंह पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । उनलाई महासंघ प्रदेशले दोश्रो साधारण सभाको अवसरमा सम्मान प्रदान गरेको हो ।
पत्रकारीताको माध्यमाबाट सामाजिक रुपान्त्ररण र पत्रकारिताको विकासमा पुर्याएको योगदानको कदर गर्दै कुवँरलाई नगद ११ हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ । अछाम जिल्लामा रहेर सक्रिय पत्रकारीता मार्फत पुर्याएको योग्दानको कदर गर्दै कुवँरलाई सम्मान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका उपाध्यक्ष कुवँर अन्नपुर्ण मिडिया नेटवर्क र रेडियो साँफेबगरमा समेत आवद्ध रहेर काम गर्दे आईरहेकी छन् । यो पुरुस्कारले आफुलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिदैँ कुवँरले आगामी दिनमा समेत यस क्षेत्रमा अझ बढी क्रियाशिल रहने प्रतिबद्धता जनाएकी छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया