Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको दोस्रो साधरण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको दोस्रो साधरण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको दोस्रो साधारण सभा सम्पन्न भएको छ। 

कैलालीको गोदावरीमा शुक्रबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिमले दोस्रो साधारण सभा गरेको हो। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले साधारण सभाको उद्घााटन गरेका थिए। उनले पत्रकारहरुले कोरोना कहरमा गरेको कामको प्रशंसा गरे। पत्रकार र पत्रकारीता क्षेत्रमा सहयोग गर्ने उनले बताए। नेपाल पत्रकार महासंग सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाह अध्यक्षतामा कार्यक्रम भएको हो। 
एक दर्जन पत्रकालाई सम्मान
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिकोे दोस्रो साधारण सभामा प्रदेशका एक दर्जन पत्रकारलाइ सम्मान गरिएको छ। विभिन्न विधामा उनीहरुलाइ सम्मान गरिएको हो।

सम्मानित हुने पत्रकारहरुमा उन्नती चौधरी (कैलाली), खगेन्द्र बहादुर सिंह (डोटी), मनोज बडु (दार्चुला)लाई पृथ्वी बहादुर सिंह पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ। 

यस्तै कञ्चनपुरको रामबहादुर चन्दलाई सुदूरपश्चिम पत्रकारिता तारा सम्मान पुरस्कार, कञ्चनपुरको चित्रांग थापा र कैलालीका मनमोहन स्वाँरलाई अग्रज पत्रकारिता पुरस्कार दिइएको छ। 

डडेलधुराका डिआर पन्तलाई लिलानाथ ओझा स्मृति पत्रकारिता पुरस्कार, बझांगका बसन्त प्रताप सिंहलाई कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार, बाजुराका प्रकाश बहादुर सिंहलाई जेपी जोशी पत्रकारिता पुरस्कार, कञ्चनपुरका दुर्गा उपाध्याय, बैतडीका तृप्ती शाही र अछामका गीता कुँवरलाई केआई सिंह पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।

यस्तै पहुरा थारु दैनिकलाई सुदूरपश्चिमको सञ्चार गृहको तर्फबाट सम्मान गरेको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको नौ वटै शाखा मध्ये दार्चुला शाखालाई सममेत सम्मानित गरिएको छ। 

प्रेस संगठनको विरोध
साधारण सभाको उद्घाटन सत्रमा नै प्रेस संगठन कैलाली (ओली) समूहले विरोध गरेको थियो। साधारण सभामा संगठनलाई स्थान नदिएको  र विधान अनुरुप नचलेको भन्दै कैलाली संयोजक भानुभक्त आर्चालले विरोध गरेका हुन्।

पुनः बन्दसत्रमा समेत विरोध गरिएको संगठनले बताएको छ। प्रेस संगठन सुदूरपश्चिमका सह ईन्चार्ज गोबिन्द रोस्याराले विधि र पद्दति मिचिएकाले विरोध गरेको बताए। उनीहरुले महासंग सुदूरपश्चिमको आर्थिक र संगठनको प्रतिवेदनमा समेत विरोध गरेका प्रदेश सदस्य बिराज रोस्याराले बताए।  

प्रतिक्रिया

ट्रेन्डिङ