Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २३ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास

सरकारले बोलायो पूर्वपदाधिकारीका गाडी र सुरक्षाकर्मी फिर्ता

सरकारले बोलायो पूर्वपदाधिकारीका गाडी र सुरक्षाकर्मी फिर्ता

सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्री सहित सार्वजनिक पदाधिकारीहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ । मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।

फिर्ता भएकामा प्रहरी र सशस्त्रबाट खटिएका अंगरक्षक, पछुवा सुरक्षा, निवास सुरक्षा, चालक र भान्से छन् । सशस्त्र प्रहरी प्रधान कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजपरिवारका सदस्यको सुरक्षामा तैनाथ करिब ५० जना सुरक्षाकर्मी र २ वटा पिकअप भ्यान फिर्ता गरेको छ । पूर्वराजा र राजपरिवारका सदस्यको सुरक्षामा सशस्त्र प्रहरीका डीएसपी शिव राउतको कमान्डमा नागार्जुनमा ‘सशस्त्र प्रहरी नागार्जुन सुरक्षा बेस’ र निर्मल निवासमा राजेन्द्र गुरागाईंको कमान्डमा ‘क्लोज प्रोटेक्सन’ टिम खटिँदै आएको थियो । सशस्त्रले नागार्जुन बेस पूरै फिर्ता गरेको हो । दुईवटा भ्यान फिर्ता गरिएपछि ज्ञानेन्द्रको सुरक्षार्थ अब पछुवामा एउटा मात्रै पिकअप भ्यान रहनेछ ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा तैनाथ प्रहरीका २६ र सशस्त्रका ३१ सुरक्षाकर्मी तथा प्रहरीको एउटा अगुवा गाडी फिर्ता गरिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिएका ३ र अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा तैनाथ १ जना सशस्त्र प्रहरी फिर्ता भएका छन् । पछिल्लो कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्र प्रहरीबाट पछुवा पिकअप भ्यान र १६ प्रहरी तथा अंगरक्षकका रूपमा २ जना नेपाल प्रहरी खटाइने उल्लेख छ । देउवा र नेपालको सुरक्षामा सशस्त्रका क्रमशः १९ र १७ जना सुरक्षाकर्मी खटिँदै आएका थिए । प्रहरीका अंगरक्षक भने यथावत् राखिएको छ ।

भीआईपी सुरक्षामा व्यापक कटौती

यसैगरी १० जना पूर्वगृहमन्त्रीको सुरक्षार्थ तैनाथ पछुवा गाडी र सशस्त्रका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् । नेताको पहुँच, प्रभाव र भनसुन तथा मन्त्रिपरिषद्का पटके निर्णयबाट विभिन्न व्यक्तिका चालक र अंगरक्षकमा खटिएका सुरक्षाकर्मी फिर्ता हुने क्रममा रहेको दुवै सुरक्षा निकायले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार पूर्वगृहमन्त्रीहरू रामचन्द्र पौडेल, वामदेव गौतम, कमल थापा, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, शक्ति बस्नेत, कृष्णबहादुर महरा, भीम रावल, गोपालमान श्रेष्ठ र पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको सुरक्षामा खटिएका पछुवा गाडीसहित सबै सशस्त्र प्रहरी फिर्ता गरिएका छन् ।

पूर्वगृहमन्त्री जनार्दन शर्माको सुरक्षार्थ खटाइएका गाडी र सशस्त्र प्रहरी पनि फिर्ता हुने क्रममा रहेको सशस्त्रले जनाएको छ । अब पूर्वउपप्रधान र गृहमन्त्रीहरूलाई सुरक्षा थ्रेट मूल्यांकनका आधारमा नेपाल प्रहरीका जुनियर अधिकृत २ जनासम्म खटाइने भनिएको छ । मन्त्रिपरिषद्का विभिन्न पटके निर्णय, पहुँच र प्रभावका आधारमा पूर्वपदाधिकारीहरूले पछुवा गाडी सुविधा लिँदै आएका थिए ।

पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षामा कार्यविधिमा उल्लेखित १६ जनाभन्दा कम जनशक्ति खटिएका कारण फिर्ता गर्नु नपरेको गृह मन्त्रालयले जनाएको छ । केही पूर्वगृहमन्त्रीहरूले अर्को चालक नभेटिएसम्म अहिले कार्यरतलाई नै केही समयका लागि खटाइदिन आग्रह गरेको सुरक्षा स्रोतले जानकारी दियो ।

प्रतिनिधिसभा विघटनपछि गहिरिँदै गएको राजनीतिक संकट र सभा विघटनको पक्ष/विपक्षमा सडकमा देखिएका शक्ति प्रदर्शनले बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षा थ्रेट बढेको छ तर सरकारले यही बेला निवासदेखि अंगरक्षक र अगुवा–पछुवा सुरक्षामा खटिएका जनशक्ति कटौती गरेको हो । गृह मन्त्रालयका एक अधिकारीले पछिल्लो कार्यविधिअनुसार सुरक्षा थ्रेट मूल्यांकनका आधारमा जोखिम बहन गर्ने गरी जनशक्ति खटाइने बताए ।

पूर्वगृहसचिव गोविन्द कुसुमले पूर्वपदाधिकारीलाई दिइँदै आएको सुरक्षामा कटौती गर्ने निर्णय सही भएको बताए । तर राजनीतिक संकट गहिरिँदै गएको अवस्थामा कथंकदाचित कुनै अप्रिय घटना घटेमा विपक्षीले यसैलाई कारण देखाएर प्रश्न गर्ने ठाउँ भने दिन नहुने उनको भनाइ छ । यसका लागि सुरक्षा बन्दोबस्ती र सतर्कता त्यहीअनुसार हुनुपर्ने उनले बताए ।

‘पूर्वविशिष्टको सुरक्षामा अहिले खटिँदै आएका जनशक्तिको दुरुपयोग भएको थियो, चाहिनेभन्दा बढी र पहुँच तथा प्रभावका आधारमा प्रहरी र सशस्त्र खटिएका थिए, कार्यविधि बनाएर पछिल्लोपटक जनशक्ति कटौती गर्ने निर्णय एकदम सही छ, अझै कटाउनुपर्छ,’ कुसुमले  भने, ‘तर अस्थिर राजनीतिक माहोल गहिरिँदै गएको छ, विपक्षीले पनि सरकारमाथि प्रश्न गरिरहेका छन्, यस्तो बेला कुनै अप्रिय घटना भइदियो भने सुरक्षाकर्मी कटौतीकै कारण हो भन्ने ठाउँ आउन नदिने प्रत्याभूति सरकारले गर्न सक्नुपर्छ ।’

सशस्त्र प्रहरी प्रधान कार्यालयले पूर्वपदाधिकारी तथा अन्य व्यक्तिको सुरक्षाबाट फिर्ता भएका जनशक्ति तथा सवारीसाधनलाई सीमा सुरक्षामा परिचालन गर्ने भएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले पूर्वपदाधिकारीको सुरक्षाबाट फिर्ता भएका सवारीसाधन सीमा सुरक्षार्थ बोर्डर आउट पोस्ट (बीओपी) मा पठाइने जानकारी दिए । फिर्ता भएका जनशक्तिलाई आन्तरिक व्यवस्थापन मिलाएर थप हुने बीओपीमा खटाइने उनले बताए ।

सुरक्षा कटौती नगर्न गृहमा निवेदन

नागार्जुन दरबार र निर्मल निवास सुरक्षामा खटिएका ५० भन्दा बढी सशस्त्र प्रहरीको संख्या कटौती गरिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहका तर्फबाट निर्णयमा पुनर्विचार गरिदिन गृह मन्त्रालयमा निवेदन परेको छ । पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिनाले पछिल्लो कार्यविधिअनुसार सुरक्षा व्यवस्थापनमा कठिनाइ र अपुग हुने भन्दै निर्णय पुनर्विचार गर्न बिहीबार गृहमा निवेदन दिएका हुन् ।

कान्तिपुर बाट

प्रतिक्रिया