Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चलचित्रकर्मीको एउटा समुह नेपाली काँग्रेसमा प्रवेश

चलचित्रकर्मीको एउटा समुह नेपाली काँग्रेसमा प्रवेश

नेपाली चलचित्र क्षेत्रका सक्रिय कलाकारहरुको एउटा समुह शनिवार नेपाली काँग्रेसमा प्रवेश गरेको छ । नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागअन्तर्गत टेलिभिजन उमसमितिको संयोजकत्वमा वरिष्ठ चलचित्रकर्मी नीर शाहको अगुवाईमा पार्टी प्रवेश कार्यक्रमको आयोजना भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आयोजित समारोहमा कलाकर्मीहरू पार्टी प्रवेश गरेका हुन् ।उनीहरूलाई सभापति देउवाले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्ने कलाकर्मीहरूमा वरिष्ठ मेकअप आर्टिस्ट सन्तु तामाङ, वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जन, वरिष्ठ रंग पत्रकार बिजयरत्न तुलाधर, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र संघका उपमहासचिव तथा चलचित्र बितरक गोपाल कायस्थ, निर्माता तथा निर्माण नियन्त्रक मिलन सुवेदी, स्क्रीप्ट राइटर अभिमन्यु निरवी, चलचित्र पत्रकार संघ नेपाल उपाध्यक्ष दीपज्योति थापा, निर्माता/कलाकार प्रभाकर श्रेष्ठ, निर्माता/कलाकार सुनिल श्रेष्ठ, निर्देशक राजु अर्याल, कलाकार सबिन श्रेष्ठ, कलाकार दिनेश श्रेष्ठ लगायत चलचित्रकर्मी छन् ।

पार्टी प्रवेश कार्यक्रमा सभापति देउवाले देश निर्माणमा कलाकारको योगदान महत्वपूर्ण हुने बताए । कार्यक्रममा पूर्वसहमहामन्त्री डा.प्रकाश शरण महतको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रमको आयोजना चलचित्र निर्देशक समाजका महासचिव तथा टेलिभिजन उपसमितिका सदस्य सचिव जनकदीप पराजुली र उपसमितिका सदस्यहरु कलाकार सुशान्त श्रेष्ठ, चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई र नेपाल प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाले गरेका हुन् ।

प्रतिक्रिया

ट्रेन्डिङ