Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

चलचित्रकर्मीको एउटा समुह नेपाली काँग्रेसमा प्रवेश

चलचित्रकर्मीको एउटा समुह नेपाली काँग्रेसमा प्रवेश

नेपाली चलचित्र क्षेत्रका सक्रिय कलाकारहरुको एउटा समुह शनिवार नेपाली काँग्रेसमा प्रवेश गरेको छ । नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागअन्तर्गत टेलिभिजन उमसमितिको संयोजकत्वमा वरिष्ठ चलचित्रकर्मी नीर शाहको अगुवाईमा पार्टी प्रवेश कार्यक्रमको आयोजना भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आयोजित समारोहमा कलाकर्मीहरू पार्टी प्रवेश गरेका हुन् ।उनीहरूलाई सभापति देउवाले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्ने कलाकर्मीहरूमा वरिष्ठ मेकअप आर्टिस्ट सन्तु तामाङ, वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जन, वरिष्ठ रंग पत्रकार बिजयरत्न तुलाधर, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र संघका उपमहासचिव तथा चलचित्र बितरक गोपाल कायस्थ, निर्माता तथा निर्माण नियन्त्रक मिलन सुवेदी, स्क्रीप्ट राइटर अभिमन्यु निरवी, चलचित्र पत्रकार संघ नेपाल उपाध्यक्ष दीपज्योति थापा, निर्माता/कलाकार प्रभाकर श्रेष्ठ, निर्माता/कलाकार सुनिल श्रेष्ठ, निर्देशक राजु अर्याल, कलाकार सबिन श्रेष्ठ, कलाकार दिनेश श्रेष्ठ लगायत चलचित्रकर्मी छन् ।

पार्टी प्रवेश कार्यक्रमा सभापति देउवाले देश निर्माणमा कलाकारको योगदान महत्वपूर्ण हुने बताए । कार्यक्रममा पूर्वसहमहामन्त्री डा.प्रकाश शरण महतको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रमको आयोजना चलचित्र निर्देशक समाजका महासचिव तथा टेलिभिजन उपसमितिका सदस्य सचिव जनकदीप पराजुली र उपसमितिका सदस्यहरु कलाकार सुशान्त श्रेष्ठ, चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई र नेपाल प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाले गरेका हुन् ।

प्रतिक्रिया