Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सपना रोक्काले दिइन् आफूमाथि अभद्र व्यवहार भएको भन्दै उजुरी, सपनाको उजुरीमा विनयविरुद्ध पक्राउ पुर्जी जारी

सपना रोक्काले दिइन् आफूमाथि अभद्र व्यवहार भएको भन्दै  उजुरी, सपनाको उजुरीमा विनयविरुद्ध पक्राउ पुर्जी जारी

विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् । सपनाले बस्नेतविरुद्ध आइतवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

साथै उजुरी दर्ता भैसकेको र बस्नेतलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । बेवारिसे शव जलाउने सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । त्यस्तै उनीसँगै शव जलाउने बस्नेत र सपना एक अर्कालाई बाबुछोरीका रुपमा चिनाउँदै आएका थिए ।

सपनाको उजुरीमा विनयविरुद्ध पक्राउ पुर्जी जारी

सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै गरेकी किटानी जाहेरी उपर काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

विनयजंग बस्नेतलाई प्रहरीले खोजी गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले लोकपथलाई बताए । ‘जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसक्यो’ उनले भने ।

सपनाले गत शुक्रवार आफूलाई अभद्र ब्यवहार गरेको भन्दै बस्नेतविरुद्ध प्रहरीमा उजुरी हालेकी थिइन् । बस्नेत अहिले चितवनतिर रहेको बुझिएको छ । विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपनाले बस्नेतविरुद्ध आइतवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

बेवारिसे शव जलाउने सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । त्यस्तै उनीसँगै शव जलाउने बस्नेत र सपना एक अर्कालाई बाबुछोरीका रुपमा चिनाउँदै आएका थिए ।

प्रतिक्रिया