ताजा अपडेट
सोडारी दम्पतीद्धारा बैवाहीक बर्षगाँठमा बिरामीलाई फलफुल, क्यान्सर पिडीतलाई आर्थिक सहयोग
कमल रावल, फागुन २ अछाम
मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी र उहाँकी धर्मपत्नी स्वास्थ्यकर्मि ईन्दुु केसी सोडारीले आफ्नो बैवाहीक बर्ष गाँठको अवसरमा बिरामीलाई फलफुल वितरण र क्यान्सर पिडीतलाई आर्थिक सहयोग गर्नुभएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ घर भएका सोडारी दम्पतीले बैवाहीक सम्बन्धमा बाधिएको ७ बर्षको अवसरमा जिल्ला अस्पताल अछाममा भर्ना भएका १५ जना विरामीलाई फलफुल वितरण सहीत क्यान्सर पिडीत मंगलसेन नगरपालिका वडा नम्बर ७ का सुकी दमाईको उपचारका लागि नगद ५ हजार आर्थिक सहयोग गर्नु भएको हो ।
आफूले सामाजिक अभियानलाई बहन गर्दै सहयोग गर्नु पर्छ भन्ने भावनाका साथ सहयोग गरेको अधिकृत सोडारीले बताउनु भयो । अस्पतालका बिरामीलाई फलफुल वितरण गर्दै बिरामीको स्वास्थ्य लाभको कामना गर्नुु भएको थियो । फलफुल वितरण कार्यक्रममा सोडारी दम्पती सहीत जिल्ला अस्पताल अछामका प्रमुुख डाक्टर सोनालीका बनस्कोटा, डाक्टर अतुल भारद्धाज, नर्सिग ईञ्चार्ज गँगा बुढा मगर, मंगलसेन नगरपालिकाका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
क्यान्सर पिडीत सुकी दमाईको लागि आर्थिक संकलन ग्रहण गर्दै उपचारका लागि आर्थिक संकलन अभियान चलाई रहेका मंगलसेन वडा नम्बर ७ का युवा समाजसेवी नम बहादुर बिष्टले उहाँको उपचारका लागि अभियान जारी रहेकाले हाल काठमाण्डौँको ट्रमा सेन्टरमा उपचार जारी रहेको बताउनु भयो । हरेक क्षेत्रबाट प्राप्त रकम सम्बन्धितको खातामा प्रत्येक दिन जम्मा गर्दै आएको बताउनु भयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया