ताजा अपडेट
नेपाल मगरसंघ अछामको जिल्ला अधिबेशन बिनायकमा सम्पन्न
२ फागुन २०७७ बिनायक
नेपाल मगर संघ अछामको चौथो जिल्ला अधिबेशन बिनायकमा सम्पन्न भएको छ । प्रजातान्त्रिक मगर संघ अछामका जिल्ला अध्यक्ष बिजेश थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरिका सयौ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पन्चदेवल बिनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटाले मगर समुदायको हक हितका लागि आफू सधै साथमा रहेको बताउनु भयो ।
कार्यक्रममा मगर सङ केन्द्रिय सद्स्य टेक बहादुर रामजाली , केन्द्रिय सदस्य खगेन्द्र पुन मगर, नेपाल मगर संघका सुदुरपस्चिम प्रदेश अध्यक्ष जय बहादुर बुढामगर ,मगर युवा संघका केन्द्रिय सदस्य दिपक रोकामगर बिशिस्ट अतिथी रहनु भएको थियो । अतिथीहरुले मगर समुदाय बिशिस्ट पहिचान भएको समुदाय भएकाले मगर समुदायका सबै समस्यालाई राज्यले गम्भीरताका साथ लिनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका क्षेत्रीय सचिब टङ्क धामी, पत्रकार तथा पहाड खबर पत्रीकाका प्रकाशक रमेश रावत , मगर बिध्यार्थी संघका केन्द्रिय सदस्य सर्जन तारमीमगर लगायतले मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सन्चालन रमेश मगरले गर्नुभएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया