ताजा अपडेट
घर घर बाट विरोध प्रदर्शनमा सहभागिता जनाउन देउवाको अपिल
नेपाली काँग्रेसले ७७ जिल्ला कार्यसमितिको आयोजनामा आज देशभर प्रदर्शन गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै काँग्रेसले यस कदमको विरोध गर्दै प्रदर्शन तथा विरोध गर्दै आएको छ।
यसअघि काँग्रेसले प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, स्थानीय तह स्तर र वडा स्तरमा प्रदर्शन गरिसकेको छ। यसैगरी काँग्रेसले भ्रातृ संस्था र शुभेच्छुक संस्थाको संयोजनमा पनि सरकारको विरोध आयोजना गरिसकेको छ।
आजको विरोध प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्। आइतवार एक अपिल जारी गर्दै सभापति देउवाले भनेका छन्, 'केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली काँग्रेसले फागुन ३ गते देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपिल गर्दछु।'
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया