ताजा अपडेट
नेपाली कांग्रेस अछाम द्वारा प्रनिनिधि सभा विघटन बिरुद्ध बिरोध प्रदर्शन
केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध असंबैधानिक संसद बिघटन खारेज गर, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद ,भागरथी भट्ट लाई न्याय दे लगायतका विभिन्न नारा लगाएर काँग्रेस पार्टी कार्यलयबाट सुरु गरिएको बिरोध र्याली मंगलसेन बजार परिक्रमा गर्दै कोणसभामा परिणत गरिएको थियो ।
कोणसभामा प्रमुख बक्ताको रूपमा बोल्दै नेपाली काङ्ग्रेसका पुर्व पाटी सभापति एवं महासमिति सदस्य मेघराज खड्काले प्रधानमन्त्री केपि वलि र रास्ट्रपति बिधादेबि भण्डारीले संविधानमा संसद विघटन गर्न पाउने अधिकार नहुँदा पनि तानाशाही रूपमा संसद विघटन गरेर ठुलो गल्ती गरेको बताए ।
संसद बिगठन कार्य असंबैधानिक र अलोकतान्त्रिक भएकोले यसका विरुद्ध नेपाली कांग्रेस सडकमा आएको बताए । उनले काग्रेस नागरिकको पार्टी भएकाले कांग्रेसको सडक सघर्समा साथ दिन अनुरोध गरे।
लोकतन्त्र ल्याउनका लागि गरिएको जनताको योगदानको कदर नै नगरी संसद विघटन गर्नु अलोकतान्त्रिक पद्धती भएकाले तत्काल यो निर्णय सच्याउन खड्काले आग्रह गरेका छन् ।
पाटी उप सभापति नयाँ राम बजगाइको सभापतित्वमा भएको बिरोध सभामा पुर्व राजदुत बल बहादुर कुवर ,महासमिति सदस्य एवं महिला संघका अध्यक्ष अनुराधा स्वार कांग्रेस युवा नेता पुष्पराज शर्मा , सुरत बिष्ट लगायतले बिरोध मन्तव्य राखेका थिए उक्त बिरोध सभाको संचालन पाटी सचिव नमबहादुर शाहीले गर्नु भएको नेपाली काङ्ग्रेस अछामका पाटी प्रबक्ता वेदप्रकाश तिमिल्सैनाले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया