Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

नेपाली कांग्रेस अछाम द्वारा प्रनिनिधि सभा विघटन बिरुद्ध बिरोध प्रदर्शन

नेपाली कांग्रेस अछाम द्वारा प्रनिनिधि सभा विघटन बिरुद्ध बिरोध प्रदर्शन

केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध असंबैधानिक संसद बिघटन खारेज गर, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद ,भागरथी भट्ट लाई न्याय दे लगायतका विभिन्न नारा लगाएर काँग्रेस पार्टी कार्यलयबाट सुरु गरिएको बिरोध र्याली मंगलसेन बजार परिक्रमा गर्दै कोणसभामा परिणत गरिएको थियो ।

कोणसभामा प्रमुख बक्ताको रूपमा बोल्दै नेपाली काङ्ग्रेसका पुर्व पाटी सभापति एवं महासमिति सदस्य मेघराज खड्काले प्रधानमन्त्री केपि वलि र रास्ट्रपति बिधादेबि भण्डारीले संविधानमा संसद विघटन गर्न पाउने अधिकार नहुँदा पनि तानाशाही रूपमा संसद विघटन गरेर ठुलो गल्ती गरेको बताए ।

संसद बिगठन कार्य असंबैधानिक र अलोकतान्त्रिक भएकोले यसका विरुद्ध नेपाली कांग्रेस सडकमा आएको बताए । उनले काग्रेस नागरिकको पार्टी भएकाले कांग्रेसको सडक सघर्समा साथ दिन अनुरोध गरे।

लोकतन्त्र ल्याउनका लागि गरिएको जनताको योगदानको कदर नै नगरी संसद विघटन गर्नु अलोकतान्त्रिक पद्धती भएकाले तत्काल यो निर्णय सच्याउन खड्काले आग्रह गरेका छन् ।

पाटी उप सभापति नयाँ राम बजगाइको सभापतित्वमा भएको बिरोध सभामा पुर्व राजदुत बल बहादुर कुवर ,महासमिति सदस्य एवं महिला संघका अध्यक्ष अनुराधा स्वार कांग्रेस युवा नेता पुष्पराज शर्मा , सुरत बिष्ट लगायतले बिरोध मन्तव्य राखेका थिए उक्त बिरोध सभाको संचालन पाटी सचिव नमबहादुर शाहीले गर्नु भएको  नेपाली काङ्ग्रेस अछामका पाटी प्रबक्ता वेदप्रकाश तिमिल्सैनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया