Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नागरिकलाई सहज हुनेगरी नै कार्यालय बाट सम्पुर्ण सेवाहरु प्रवाह गरिएको र गरिने छ - प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय

नागरिकलाई सहज हुनेगरी नै कार्यालय बाट सम्पुर्ण सेवाहरु प्रवाह गरिएको र गरिने छ - प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय

सोमबार जिल्ला प्रशासन कार्यालय अछाम द्वारा आयोजित मिट द प्रेस कार्यक्रममा अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जिल्ला प्रशासन कार्यालय मातहतमा प्रदान गरिने सेवाहरुमा थप गुणस्तरियता प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आफू जिल्लामा आईसकेपछि पुराना कामहरुलाई निरन्तरता र केही नयाँ कामहरुको समेत सुरुवात गरेकाले राम्रा कामहरुमा सबैको सहयोग आवश्यक पर्ने उहाँले बताउनु भयो  ।

अछाम जिल्लामा नागरिकता सम्बन्धि विभिन्न खालका समस्याहरु रहेकाले  समस्या सामाधानका लागि पहल गरिरहँदा आम नागकिरकहरुले कुरा बुझदै गएपछि सहज भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । उहाँले जिल्लाका विकट ठाउँका स्थानियलाई मंगलसैनमा पुगेर नागरिकता लिन निकै असहज हुने गरेको जनगुनासो आएपछि आफुले जिल्लाको सबैभन्दा विकट मानिएको तुर्माखाँद गाउँपालिकाको भूलु रहफमा पुगेर त्यहाँका नागरिकलाई नागरिकता दिएको जानकारी दिनुभयो । 

आफ्नो काम भनेको नागरिकको सेवा भएकोले नागरिकलाई कुनै कष्ट नहुनेगरी कार्यालयले सेवा प्रवाह गर्दै आएको र आगामी दिनमा पनि नागरिकको सहजतालाई ध्यानमा राखी सम्पुर्ण सेवाहरु प्रवाह गरिने कुरा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय अछामले आयोजना गरेको नियमित मिट द प्रेस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपाध्यायले अहिलेपनि जिल्लामा विभिन्न खालका समस्याहरु रहेकाले समस्याका बाबजुतपनि आफुले सरोकारवालाको सल्लाह बमोजिम आफ्ना गतिविधि अगाडि बढाई रहेको बताउनु भयो । नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका अफिसयल कामले गर्दा जिल्लामा भईरहेका विकास निर्माणका कामहरुलाई प्रथामिकता दिन नसकेकाले अब विकास निर्माणका कामहरुको प्रभावाकरी अनुगमन तथा सरोकारवाला संगको समन्वयलाई अगाडि बढाउने उहाँको प्रतिबद्धता छ।

जिल्लामा विभिन्न रुटहरुमा संञ्चालन भईरहेका सवारि साधनहरुले नागरिकको ढाड सेकिनेगरि भाडा असुल गरिरहेकाले यस तर्फ आफ्नो गभ्भिर ध्यान आकर्षण भएको बताउदै निश्चत भाडादर कायम गर्न तत्काल यातायात ब्यवासयीहरु संग बसेर नयाँ भाडादार कायम गरिने बताउनु भयो ।

उहाँले जिल्ला प्रशासन कार्यालयमै जनशक्तिको अभाव हुँदा सेवालाई छिटोछरितो बनाउन केही कठिनाई भएकाले यसलाई चाडै समाधान गर्न तर्फ लागीरहेको उल्लेख गर्नुभयो। जिल्लामा मदिरा, छाउपडी , काठ तस्करी, सरकारी निकायबाट गुणस्तरिय सेवा प्रदान नभएको लगायतका विभिन्न गुनासाहरु आएकाले यसलाई जिल्ला प्रशासन कार्यालयले गम्भिर रुपमा लिएको र आगामी दिनमा सरोकारवालाले दिएका सुझावको आधारमा अघिबढ्ने प्रतिबद्धता दोहोर्‍याउँदै उहाँले आफ्ना सकारात्मक काममा सहयोग गर्न सबैलाई अनुरोध समेत गर्नुभयो ।

मिट द प्रेस कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्री, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका उपाध्यक्ष गिता कुँवर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका सहसचिव मेनुका ढुंगाना लगाएतका पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया