ताजा अपडेट
सिएएस अवार्डको मनोनयनमा नेपाली फिल्म ‘सेल्फी किङ’

नेपाली फिल्म ‘सेल्फी किङ’ विश्वप्रख्यात संस्था सिनेमा अडियो सोसाइटीले आयोजना गर्ने सिएएस अवार्डको मनोनयनमा परेको छ । नेपाली फिल्म सेल्फी किङ ५७औँ सिएसएस अवार्डको ‘बेस्ट साउन्ड मिक्सिङ’ विधाको मनोनयनमा यो फिल्म परेको हो ।
यो विधामा सेल्फी किङले फिल्म नमडल्याण्ड, साउन्ड अफ मेटल, टेनेट, मुलानलगायत फिल्मसँग प्रतिस्पर्धा गर्नेछ । ओस्कार दाबेदार फिल्महरुसँग सेल्फी किङले प्रतिस्पर्धा गर्न पाउनु एकदम खुसीको कुरा भएको निर्माण पक्षले बताएको छ ।
अवार्ड कार्यक्रम २०२१ को अप्रिल १७ मा क्यालिफोर्नियाको लस एन्जलसमा हुनेछ । सेल्फी किङ विशाल सापकोटा निर्देशित फिल्म हो । यसमा उत्तम न्यौपानेको साउन्ड डिजाइन छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण
-
बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने
-
यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ
-
संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना
-
अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण
प्रतिक्रिया