ताजा अपडेट
श्रीलंकामा नेपाली महिलालाई बिक्री गर्ने 'कमला' पक्राउ
नेपाली महिलालाई श्रीलङ्का पुर्याएर बेचबिखन गरेको आरोपमा एक जना महिलालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
विक्रम संवत् २०७६ कार्तिक २७ गते नेपालबाट भारतको मञ्जुका टिला भन्ने ठाउँमा राखेर दुबई लैजाने भन्दै श्रीलङ्का लगी बेचबिखन गरेको आरोपमा नुवाकोट तादी गाउँपालिका–१ की ४६ वर्षीया कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई बूढानीलकण्ठबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार ती महिलालाई कमलाले दुबईको ब्यूटी पार्लरमा मासिक ३५ हजार रुपैयाँ कमाई हुन्छ, त्यसका लागि एक हजार अमेरिकी डलर लिएर जानुपर्छ भनेकी थिइन् । त्यसपछि उनले नेपालको एयरपोर्टमा सेटिङ मिलेन भारतबाट जानुपर्छ भन्दै भारतको मञ्जुका टिला भन्ने ठाउँमा लगिन् ।
त्यहाँबाट ८ हजार अमेरिकी डलर र ४८ हजार रुपैयाँ लिएर श्रीलङ्काको मिनुवाङगोडा भन्ने ठाउँमा बिक्री गरेको प्रहरीले जनाएको छ ।
त्यसपछि ती महिला श्रीलङ्कन प्रहरीको हिरासतमा ९ महिना बसेर नेपाल फर्किएको ब्यूरोका प्रवक्ता द्विवेदीले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया