Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

पक्राउ परे विनयजंग बस्नेत सपना रोका मगरको जाहेरीमा

पक्राउ परे विनयजंग बस्नेत सपना रोका मगरको जाहेरीमा

आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका छन्। सपनाले फागुन २ गते विनयजंगविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडाैंमा जाहेरी दिएकी थिइन्।

उनलाई मंगलबार बेलुका काठमाडाैंको नयाँ बसपार्कबाट पक्राउ गरिएको परिसरका एसएसपी अशोक सिंहले बताए । सपनाले बस्नेतविरुद्ध आफूलाई दूर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। 

पशुपति आर्यघाटमा बेवारिसे शव जलाएका कारण बिबिसीको विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी रोका मगरविरुद्ध विनयजंग बस्नेतले अश्लील अभिव्यक्ति दिएका थिए। 

विनयजंगसँगै सपनाले पनि पशुपतिमा बेवारिस शव जलाउने काम गरेकी थिइन्। केही समयअघिसम्म उनीहरु 'बाबुछोरी'जस्तै भएको भन्दै अभिव्यक्ति दिन्थे। 

विनयले विभिन्न युट्युब च्यानलहरुमा सपनाविरुद्धको नकारात्मक अभिव्यक्ति दिएको र उनको चरित्र हत्या गराउने किसिमका अभिव्यक्ति दिएपछि यो विषय प्रहरीसम्म पुगेको हो। 

प्रतिक्रिया