ताजा अपडेट
पक्राउ परे विनयजंग बस्नेत सपना रोका मगरको जाहेरीमा
आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका छन्। सपनाले फागुन २ गते विनयजंगविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडाैंमा जाहेरी दिएकी थिइन्।
उनलाई मंगलबार बेलुका काठमाडाैंको नयाँ बसपार्कबाट पक्राउ गरिएको परिसरका एसएसपी अशोक सिंहले बताए । सपनाले बस्नेतविरुद्ध आफूलाई दूर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्।
पशुपति आर्यघाटमा बेवारिसे शव जलाएका कारण बिबिसीको विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी रोका मगरविरुद्ध विनयजंग बस्नेतले अश्लील अभिव्यक्ति दिएका थिए।
विनयजंगसँगै सपनाले पनि पशुपतिमा बेवारिस शव जलाउने काम गरेकी थिइन्। केही समयअघिसम्म उनीहरु 'बाबुछोरी'जस्तै भएको भन्दै अभिव्यक्ति दिन्थे।
विनयले विभिन्न युट्युब च्यानलहरुमा सपनाविरुद्धको नकारात्मक अभिव्यक्ति दिएको र उनको चरित्र हत्या गराउने किसिमका अभिव्यक्ति दिएपछि यो विषय प्रहरीसम्म पुगेको हो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया