Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रचण्ड-नेपाल समूहले थाल्यो प्रतिबद्धता पत्र जारीको तयारी

प्रचण्ड-नेपाल समूहले थाल्यो प्रतिबद्धता पत्र जारीको तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले प्रतिवद्धता पत्र बनाउन शुरु गरेको छ। नागरिक समाज र आफ्नै पार्टीका नेता कार्यकर्ताले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेकाले श्वेत पत्र नै जारी नगरेपनि प्रतिबद्धता पत्र जारी गर्ने तयारी गरेको हो।

माघ २६ गते बसेको केन्द्रीय संघर्ष समितिको बैठकले प्रतिबद्धता पत्र जारी गर्न पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक समूह बनाएको थियो। स्थायी कमिटी सदस्य बेदुराम भुसालले प्रतिबद्धता पत्र जारीको तयारी भएको बताए।

‘नारायणकाजीको संयोजकत्वमा टिम बनेको हो। अब यसले काम थाल्दै छ। पहिला टिम बनेको भएपनि काम गर्न सकेको थिएन,’ उनले भने।

उक्त समूहले पार्टीमा भएका कमीकमजोरीबारे समीक्षा गर्ने छ। अब कसरी अगाडी बढ्ने पार्टीको धारणा के हुने लगायतका विषयमा पत्र जारी गर्ने तयारी भएको हो। नागरिक समाजसँगको अन्तर्क्रियामा नेपालले आफ्नो समूहबारे समीक्षा गर्ने बताएका थिए।

प्रचण्ड-नेपाल समूह भित्रै पनि प्रधानमन्त्री केपी ओलीलाई असिमित अधिकार दिँदा दुर्घटना भएको भन्दै नेताहरुले जिम्मा लिनुपर्ने माग उठिरहेको छ।

श्वेत पत्र नाम राख्नेबारे नेताहरु सहमत नभएपछि प्रतिबद्दता पत्र नाम दिइएको हो। पत्रजारी पछि प्रतिगमनविरुद्धको आन्दोलन सशक्त हुने प्रचण्ड-नेपाल पक्षको बुझाइ छ।

प्रतिक्रिया