Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

प्रचण्ड-नेपाल समूहले थाल्यो प्रतिबद्धता पत्र जारीको तयारी

प्रचण्ड-नेपाल समूहले थाल्यो प्रतिबद्धता पत्र जारीको तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले प्रतिवद्धता पत्र बनाउन शुरु गरेको छ। नागरिक समाज र आफ्नै पार्टीका नेता कार्यकर्ताले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेकाले श्वेत पत्र नै जारी नगरेपनि प्रतिबद्धता पत्र जारी गर्ने तयारी गरेको हो।

माघ २६ गते बसेको केन्द्रीय संघर्ष समितिको बैठकले प्रतिबद्धता पत्र जारी गर्न पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक समूह बनाएको थियो। स्थायी कमिटी सदस्य बेदुराम भुसालले प्रतिबद्धता पत्र जारीको तयारी भएको बताए।

‘नारायणकाजीको संयोजकत्वमा टिम बनेको हो। अब यसले काम थाल्दै छ। पहिला टिम बनेको भएपनि काम गर्न सकेको थिएन,’ उनले भने।

उक्त समूहले पार्टीमा भएका कमीकमजोरीबारे समीक्षा गर्ने छ। अब कसरी अगाडी बढ्ने पार्टीको धारणा के हुने लगायतका विषयमा पत्र जारी गर्ने तयारी भएको हो। नागरिक समाजसँगको अन्तर्क्रियामा नेपालले आफ्नो समूहबारे समीक्षा गर्ने बताएका थिए।

प्रचण्ड-नेपाल समूह भित्रै पनि प्रधानमन्त्री केपी ओलीलाई असिमित अधिकार दिँदा दुर्घटना भएको भन्दै नेताहरुले जिम्मा लिनुपर्ने माग उठिरहेको छ।

श्वेत पत्र नाम राख्नेबारे नेताहरु सहमत नभएपछि प्रतिबद्दता पत्र नाम दिइएको हो। पत्रजारी पछि प्रतिगमनविरुद्धको आन्दोलन सशक्त हुने प्रचण्ड-नेपाल पक्षको बुझाइ छ।

प्रतिक्रिया