Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

महेन्द्रनगरबाट पक्राउ परेका १ जनालाई बैतडी लगियो - भागरथी हत्या प्रकरण

महेन्द्रनगरबाट पक्राउ परेका १ जनालाई बैतडी लगियो - भागरथी हत्या प्रकरण

१७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको प्रकरणमा महेन्द्रनगरबाट पक्राउ परेका १ जनालाई अनुसन्धानका लागि बैतडी लगिएको छ। 

सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै ती पुरुषलाई कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाको ऐठपुरबाट गिरफ्तार गरि बैतडी प्रहरीको जिम्मा लगाएको स्रोत बताउँछ। 

स्रोतका अनुसार ती व्यक्ति र भागरथीबीच पूर्व चिनजान रहेको थियो। उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट विदामा महेन्द्रनगर आएका थिए। 

शंकास्पद गतिविधिका कारण हत्या प्रकरणमा उनको संलग्नता रहेको स्रोतको दाबी छ। यद्यपी उनको संलग्नता पुष्टि तथ्य र बयानका आधारमा गरिने प्रहरी स्रोत बताउँछ। 

यसअघि कैलालीबाट समेत भागरथीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको थियो। 

उनी हाल रिहा भइसकेका छन् भने काठमाडौँमा पक्राउ परेका अर्का एक शंकास्पद व्यक्ति पनि अनुसन्धानका लागि बोलाएका बखत हाजिर हुने शर्तमा छुटिसकेको प्रहरी स्रोतले दिनेशखबरलाई बतायो। 

दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट १४ दिन अघि गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन्। उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो।

प्रहरीले अनुसन्धानको दायरा साँघुरिदै गएकोले चाँडै संलग्नलाई सार्वजनिक गरिने जनाएको छ। 

प्रतिक्रिया