Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विद्यार्थी साहित्य प्रतिष्ठानको २२ औँ वार्षिक उत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

विद्यार्थी साहित्य प्रतिष्ठानको २२ औँ वार्षिक उत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसको २२ औ वार्षिक उत्सव सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका विच प्रतिष्ठानले क्याम्पसको सभाहलमा २२ औ वार्षिक उत्सव सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा पदमराज जोशीले गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोशीले प्रतिष्ठानले निकै नै महत्वपुर्ण कामहरु गर्दै आएको बताउदैँ प्रशंसा गरेका थिए । क्याम्पसमा विभिन्न प्रतिभा भएका व्यक्तिहरु आउने भएकोले त्यस्ता व्यक्तिको प्रतिभा उजागर गर्न विद्यार्थी साहित्य प्रतिष्ठानले महत्वपुर्ण भुमिका खेलेको उनले बताए ।

फरक प्रसंगमा बोल्दै प्रमुख जोशीले कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भए पनि पढाईको गुणस्तरमा कुनै पनि फरक नपर्ने स्पष्ट पारेका छन । आफुहरुले पढाईको गुणस्तरलाई अझै यहाँ भन्दा राम्रो बनाउदैँ लैजाने प्रयास गर्ने प्रा.डा जोशीले प्रतिबद्धता जनाएका छन । विद्यार्थी साहित्य प्रतिष्ठानकी अध्यक्ष सत्य उपाध्यायले यो बर्ष विगतका बर्षको जस्तो कार्यक्रम गर्न नसकिएको बताएकी छन । उनले भनिन्,'कोरोना संक्रमणका कारण खुल्ला ठाउँमा वा क्याम्पसको प्राङ्गणमा कार्यक्रम गर्न सकिए, त्यसैले क्याम्पसको सभाहलमा गरेका हौँ ।' प्रतिष्ठानले विगतका बर्षहरुमा क्याम्पसको प्राङ्गणमा भव्य कार्यक्रम गर्दै आएको थियो ।

यस्तै प्रतिष्ठानले लिलानाथ साहित्य पुरस्कारद्धारा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।  लिलानाथ साहित्य पुरस्कार डाक्टर टिएन जोशी, युवा पुरस्कार शैलेन्द्र रोकाया, पत्रकार सम्मान रेडियो धनगढीका कार्यकारी निर्देशक हरि जोशी र सांस्कृतिक सम्मान गुणाकर पनेरुलाई प्रदान गरिएको छ ।

यस्तै लिलानाथ शिक्षा सम्मान कैलाली बहुमुखी क्याम्पसका डाक्टर गोविन्दराज जोशी र महेश प्रसाद गुप्तालाई प्रदान गरिएको छ । वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव यमराज जोशीले गरेका हुन ।

प्रतिक्रिया

ट्रेन्डिङ