Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

विद्यार्थी साहित्य प्रतिष्ठानको २२ औँ वार्षिक उत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

विद्यार्थी साहित्य प्रतिष्ठानको २२ औँ वार्षिक उत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसको २२ औ वार्षिक उत्सव सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका विच प्रतिष्ठानले क्याम्पसको सभाहलमा २२ औ वार्षिक उत्सव सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा पदमराज जोशीले गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोशीले प्रतिष्ठानले निकै नै महत्वपुर्ण कामहरु गर्दै आएको बताउदैँ प्रशंसा गरेका थिए । क्याम्पसमा विभिन्न प्रतिभा भएका व्यक्तिहरु आउने भएकोले त्यस्ता व्यक्तिको प्रतिभा उजागर गर्न विद्यार्थी साहित्य प्रतिष्ठानले महत्वपुर्ण भुमिका खेलेको उनले बताए ।

फरक प्रसंगमा बोल्दै प्रमुख जोशीले कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भए पनि पढाईको गुणस्तरमा कुनै पनि फरक नपर्ने स्पष्ट पारेका छन । आफुहरुले पढाईको गुणस्तरलाई अझै यहाँ भन्दा राम्रो बनाउदैँ लैजाने प्रयास गर्ने प्रा.डा जोशीले प्रतिबद्धता जनाएका छन । विद्यार्थी साहित्य प्रतिष्ठानकी अध्यक्ष सत्य उपाध्यायले यो बर्ष विगतका बर्षको जस्तो कार्यक्रम गर्न नसकिएको बताएकी छन । उनले भनिन्,'कोरोना संक्रमणका कारण खुल्ला ठाउँमा वा क्याम्पसको प्राङ्गणमा कार्यक्रम गर्न सकिए, त्यसैले क्याम्पसको सभाहलमा गरेका हौँ ।' प्रतिष्ठानले विगतका बर्षहरुमा क्याम्पसको प्राङ्गणमा भव्य कार्यक्रम गर्दै आएको थियो ।

यस्तै प्रतिष्ठानले लिलानाथ साहित्य पुरस्कारद्धारा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।  लिलानाथ साहित्य पुरस्कार डाक्टर टिएन जोशी, युवा पुरस्कार शैलेन्द्र रोकाया, पत्रकार सम्मान रेडियो धनगढीका कार्यकारी निर्देशक हरि जोशी र सांस्कृतिक सम्मान गुणाकर पनेरुलाई प्रदान गरिएको छ ।

यस्तै लिलानाथ शिक्षा सम्मान कैलाली बहुमुखी क्याम्पसका डाक्टर गोविन्दराज जोशी र महेश प्रसाद गुप्तालाई प्रदान गरिएको छ । वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव यमराज जोशीले गरेका हुन ।

प्रतिक्रिया