ताजा अपडेट
कांग्रेस नेता एनपी साउदको गृह जिल्लामा राँके जुलुस
बैतडीको डिलासैनी गाउँपालिका पङ्सेरामा भएको घटनाको विरोध गर्दै कांग्रेस नेता एनपी साउदको गृहजिल्ला कञ्चनपुरमा राँके जुलुस निकालिएको छ। सोही घटनाको विरोध गर्दै कञ्चनपुरको क्षेत्र नम्बर २ मा युवाहरुले राँके जुलुस निकालेको नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव लेखराज जोशीले जानकारी दिए।
यस्तै नेविसंघ कञ्चनपुरले पनि विरोधमा राकेजुलुश निकालेको छ। आपराधिक मानसिकता बोकेका नेकपाका कार्यकर्ताले गरेको यो कार्यको नेविसंघ कञ्चनपुरले घोर भर्त्सना गरेको छ।
मंगलबार कांग्रेसले आयोजना गरेको कार्यक्रम चलिरहेको बेला नेकपा ओली समूहका कार्यकर्ताले ढुंगामुडासहित आक्रमण गरेका थिए। उक्त आक्रमणमा नेता साउदसहित १० जना घाइते भएका छन् भने ५ वटा सवारीसाधन तोडफोड भएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया