ताजा अपडेट
कांग्रेस नेता एनपी साउदको गृह जिल्लामा राँके जुलुस
बैतडीको डिलासैनी गाउँपालिका पङ्सेरामा भएको घटनाको विरोध गर्दै कांग्रेस नेता एनपी साउदको गृहजिल्ला कञ्चनपुरमा राँके जुलुस निकालिएको छ। सोही घटनाको विरोध गर्दै कञ्चनपुरको क्षेत्र नम्बर २ मा युवाहरुले राँके जुलुस निकालेको नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव लेखराज जोशीले जानकारी दिए।
यस्तै नेविसंघ कञ्चनपुरले पनि विरोधमा राकेजुलुश निकालेको छ। आपराधिक मानसिकता बोकेका नेकपाका कार्यकर्ताले गरेको यो कार्यको नेविसंघ कञ्चनपुरले घोर भर्त्सना गरेको छ।
मंगलबार कांग्रेसले आयोजना गरेको कार्यक्रम चलिरहेको बेला नेकपा ओली समूहका कार्यकर्ताले ढुंगामुडासहित आक्रमण गरेका थिए। उक्त आक्रमणमा नेता साउदसहित १० जना घाइते भएका छन् भने ५ वटा सवारीसाधन तोडफोड भएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया