Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

भागरथी प्रकरणको सफलतापछि डीआईजी सुवेदीले भने, अब निर्मलाले पनि चाँडै न्याय पाउँछिन्

भागरथी प्रकरणको सफलतापछि डीआईजी सुवेदीले भने, अब निर्मलाले पनि चाँडै न्याय पाउँछिन्

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मेहेनतपछि भागरथी हत्या प्रकरणमा सफलता मिलेको बताएका छन्। 

भागरथी प्रकरणको अनुसन्धानका लागि १० दिनदेखि दोगडाकेदार गाउँपालिकाकै खोचलेकमा रहेका डीआईजी सुवेदीले भागरथीको हत्या गर्ने अभियुक्तलाई कानूनी कठघरामा उभ्याउदै प्रहरी संगठनप्रतिको गुमेको साख एकपटक पुनः जिवित तुल्याउने अवसरको नेतृत्व गर्न पाएकोमा खुसी समेत व्यक्त गरेका छन्। प्रस्तुत छ, डीआईजी सुवेदीले  गरेको कुराकानीको सम्पाशित अंश।

भागरथी बहिनीको बलात्कारपछि हत्या जस्तो जघन्य अपराध भएकोमा हामीलाई निकै दुःख लागेको छ। जुन घट्नु हुँदैन् थियो। तर के गर्ने सामाजिक विकृतिका कारण महिलामाथि यस्ता खालका अपराध महिला दिदीबहिनीमाथि बेला–बेला हुने गरेको छ।

यो घटनालाई हामीले एकदमै सिरियस लिएर अनुसन्धानमा कुनै त्रुटी नहोस् भनेर चाँडो भन्दा चाँडो अनुसन्धान सकियोस् भनेर म लगायत मेरा अनुभव प्राप्त अधिकृत, जवानहरुले गम्भीर रुपमा अनुसन्धान गरेको हो। काम गर्ने वातावरण पाएपछि चाँडै सफल हुन्छौँ भन्ने हामीमा दृढ विश्वास थियो।

 

विगतको मेरो व्यक्तिगत अनुभव र संगठनको अनुभवका आधारमा म पनि दृढ विश्वासमा थिए। आज त्यो विश्वासले नै हामीलाई सफलता मिलेको छ। यो अनुसन्धानमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार लगायतका सबै पक्षबाट राम्रो साथ सहयोग पाईयो। यसले  एउटा के दृष्टान्त देखायो  भने प्रहरीले स्वतन्त्र रुपमा काम गर्न पाए चाँडै नै अभियुक्तलाई कानूनको दायरामा ल्याउन सक्छ।

अर्कोतर्फ न्यायका लागि दबाब, प्रभाव र नारा जुलुस नै गरिरहनुपर्छ भन्ने अब कुरा निरुत्साहित हुने अपेक्षा पनि गरेका छौँ। यो प्रकरणको सफल अनुसन्धानमा खटिएका मेरा सबै प्रहरी अधिकृत तथा जवान, जनप्रतिनिधि, राजनीतिक दल लगात सबैलाई विशेष धन्यवाद दिन चाहान्छु। 

अन्तमा,
दुःखका साथ भन्नुपर्छ विगतमा कञ्चनपुरमा घटेको निर्मला पन्तको बहिनीको बलात्कारपछि हत्या घटना जो अहिलेसम्म अनुसन्धान भइसकेको छैन।

त्यो अवस्थाले गर्दा सर्वसाधारणमा भागरथी प्रकरण पनि त्यस्तै हुने हो कि भन्ने आशंका र नेपाल प्रहरीप्रति पनि विभिन्न शंका उत्पन्न भएको अवस्थामा हामीले यो केसलाई किनारा लगाएर नेपाल प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी राख्दैन् भन्ने दृष्टान्त दिएका छौँ।

अर्कोतर्फ निर्मला पन्तको घटना पनि चाँडो भन्दा चाँडो अनुसन्धान सकिएर दोषी कारवाहीको दायरामा आउने विश्वास लिएको छु। 

(सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसँग  गरेको कुराकानीको अंश)

दोगडाकेदार गाउँपालिकाको सनातन धर्म माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत भागरथी गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन्।

भोलीपल्ट माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा उनी मृत फेला परेकी थिइन्। 

घटनाको अनुसन्धानका लागि माघ २५ गते डीआईजी सुवेदी आफै खोचलेक पुगेका थिए। २५ गतेदेखि खोचलेकमै रहेका सुवेदीले भागरथीको हत्यामा संलग्नको पहिचान गरेपछि मात्र अस्थायी मुकाम धनगढी फर्किने बाचा गरेका थिए।

नभन्दै घटना भएको १३ औँ दिनमा प्रहरीले भागरथीको बलात्कारपछि हत्यामा संलग्न भएको अभियोगमा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। 

भागरथीका छिमेकी र नातेदार समेत रहेका उनले अभियोग स्वीकार गरिसकेको दाबी प्रहरीले गरेको छ। उनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीको छ।

निर्मला हत्या प्रकरणमा हालसम्म असफल देखिएको नेपाल प्रहरीले सोही प्रकृतिको भागरथी प्रकरणको सफल अनुसन्धान गरेको भन्दै अहिले सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रहरीको प्रसंशा भइरहेको छ।   दिनेशखबर

 

 

प्रतिक्रिया