Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

फरक–फरक बयानको ‘क्लु’ले डाेर्‍याएको सफल अनुसन्धान : भागरथी हत्या

फरक–फरक बयानको ‘क्लु’ले डाेर्‍याएको सफल अनुसन्धान : भागरथी हत्या

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार–हत्या घटनामा प्रहरीले सुरुदेखि नै विभिन्न व्यक्तिमाथि सोधपुछ र निगरानी राखेको थियो। स्थानीय व्यक्ति, भागरथीका साथीलगायत सुरुदेखि नै प्रहरीको निगरानीमा थिए।

प्रहरीले घटना भएकै दिनदेखि विभिन्न शंकास्पद व्यक्तिलाई स्थानीयमार्फत् र प्रहरी स्वयं आफैंले कार्यालय ल्याएर सोधपुछ गरेको थियो। यही सोधपुछको मेसोमा तानिएका थिए, १६ वर्षीय दिनेश भट्ट।

दिनेश भागरथी पढ्ने विद्यालय सनातन धर्म माविकै कक्षा ११ मा अध्ययनरत छन्। ‘एउटै विद्यालय पढ्ने भएपछि दिनेश हाम्रो निगरानीमा पहिल्यैदेखि पर्ने नै भए’ अनुसन्धानमा संलग्न एक जुनयिर प्रहरी अधिृकतले लाई सुनाए, ‘भागरथी हराएको भनिएको दिनको विद्यालय गए/नगएकोदेखि त्यो दिन कुन-कुन शिक्षकले पढाए भनेर सोधपुछ गर्नेदेखि त्यास दिन कपीमा लेखिएका विषय समेत हामीले हेरेका थियौं।’

त्यसपछि दिनेश भागरथी विद्यालयबाट घर नफर्किएको दिन माघ २१ गते विद्यालय गएको पुष्टि भएको थियो। उनी विद्यालय गएको पुष्टि हुनुलाई अनुसन्धानको एउटा बलियो खुट्किलो प्रहरीले पाएको थियो। अन्य विद्यार्थी भन्दा उसको चरित्र पनि त्यति राम्रो नभएको भन्ने शिक्षकहरुको भनाइबाट उनी प्रहरी लेन्समा सुरुदेखि नै परेका थिए। यद्यपि, यसबारे प्रहरीले कुनै बलियो प्रमाण भने फेला पारेको थिएन। 

अनुसन्धानकै क्रममा एक महिला र दुई बच्चाले दिनेशलाई विद्यालयबाट घर फर्कने बेला एक्लै बाटोमा भेटेको बयान दिए। प्रहरीलाई ती महिलाको बयान ठूलो क्लु बन्यो। ‘त्यसपछि हामीले दिनेशलाई ती महिलाको बारेमा सोधपुछ गर्‍यौं। तर, उनले नदेखेको र नचिन्ने बतायो’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘कि महिलाको भनाइ गलत हुनुपर्छ कि दिनेशको भनाइ गलत छ भन्ने हाम्रो निश्कर्ष भयो। त्यसपछि दिनेश झनै हाम्रो निगरानीमा पर्न थाले।’

प्रहरीका विभिन्न टोलीले दिनेशलाई छुट्टाछुट्टै राखेर बयान लिए। तर, दिनेशका बयान आफैंमा बाझिए। ‘कसैलाई छुट्टी हुनुभन्दा डेढ घण्टा अघि नै विद्यालयबाट घर गएको बताए। कसैलाई आधा घण्टा’ ती अधिकारीले  सुनाए, ‘यति हुँदा पनि हामी दिनेश नै हो भनेर पुष्टि गर्न सकिरहेका थिएनौं। उनीविरुद्धको अरु प्रमाण हामीसँग थिएन।’

त्यसमाथि दिनेश भने भागरथीको न्यायका लागि दैनिक हुने नाराजुलुस र प्रदर्शनमा गइरहन्थे। जसकारण पहिल्यैदेखि शंका गरे पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन।

योबीचमा अन्य व्यक्तिलाई पनि निगरानीमा राखेर प्रहरीले सोधपुछ गरिएको थियो। स्थानीय जनप्रतिनिधिदेखि भद्रभलाद्‌मीसम्मलाई अनुसन्धानमा सहयोग गर्न भन्दै डिआइजी उत्तमराज सुवेदी आग्रह गरिरहेका थिए। घटना भएपछि चडेपानीबाट बाहिर गएका व्यक्तिमाथि पनि सोधपुछ गरियो। सोही क्रममा काठमाडौं आएका एक जना र महेन्द्रनगर आएका अर्का व्यक्तिबारे पनि प्रहरीले सोधपुछ गरेको थियो। तर, उनीहरुबाट कुनै नयाँ सूचना प्रहरीले पाएन।

अन्तत: तीन फरक फरक बयान दिने युवक दिनेशलाई एकपटक सोध्न पाए केही नयाँ सूचना आउनसक्ने अनुसन्धानमा खटिएका एक डिएसपीले सुझाए। प्रमाण नभए पनि फेरि शंकामा तानिए दिनेश। मंगलबार राति दिनेशलाई प्रहरी चौकी ल्याएर पुन सोधपुछ गरियो।  फरक-फरक बयान दिएका दिनेशले मंगलबार राति भने आफूले गरेको अपराध स्वीकार्न गरे। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी मुकेश सिंह भन्छन्, ‘भागरथीको हत्या आफूले नै गरेको दिनेशले साबिती बयान दिएका छन्।’

कसरी गरे हत्या ?
प्रहरीमा दिएको बयान अनुसार भागरगथीको हत्या दिनेशले बदलाभाव र योजनाबद्ध तरिकाले गरेको बताएका छन्। उनी भारगथी भन्दा पहिल्यै विद्यालयबाट निस्किएर भागरथी आउने बाटो कुरेर लवलेक जंगलमा बसेका थिए।

भागरथी आएपछि सुरुमा दिनेशले उनको किताब खोसेर फालेको र त्यसपछि कान्लाबाट धकेलर लडाएको बयान दिएका छन्। कान्लाबाट लडेपछि दिनेशले उनको घाँटी थिची हत्या गरेको दिनेशको भनाइ छ।

भागरथीलाई हत्या नै गर्नुपर्ने अवस्थामा दिनेश कसरी पुगे भन्नेबारे प्रहरीले उनीसँग सोधपुछ गरेको थियो। बयानमा दिनेशले भागरथीका बाबुले आफ्नो फुपुमाथि नराम्रो व्यवहार गरेको र त्यसको बदलाका लागि भागरथीको हत्या गरेको बताएका छन्।

यद्यपि, हत्यापछिको कारण यही नै हो वा अरु पनि छन् भन्नेबारे प्रहरीले निश्कर्ष निकालिसकेको छैन । घटनाको अवस्थामा हेर्दा आवेशप्रेरित जस्तो देखिएको अनुसन्धान अधिकारी बताउँछन्।

प्रतिक्रिया