ताजा अपडेट
पत्रकार महासंघको २६ औं महाधिवेशन आज
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आज काठमाडौंमा हुँदैछ । राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
महाधिवेशनका लागि पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायत तीन सय जनाको उपस्थिती रहनेछ । महासंघका सचिव राम प्रसाद दाहालका अनुसार बुधबार नै महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस भएर छलफलपश्चात पारित हुनेछ ।
महासंघले नयाँ नेतृत्वका लागि एक महिनाभित्र चुनाव गर्ने योजना बनाएको छ । यसका लागि कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति पनि बनाइएको छ । समितिले एक दुई दिनमा निर्वाचन मिति घोषणा गर्ने सचिव दाहालले बताए ।
महाधिवेशनको अवसरमा महासंघले पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका पत्रकारहरुलाई पुरस्कृत एवं सम्मान पनि गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया