ताजा अपडेट
पत्रकार महासंघको २६ औं महाधिवेशन आज
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आज काठमाडौंमा हुँदैछ । राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
महाधिवेशनका लागि पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायत तीन सय जनाको उपस्थिती रहनेछ । महासंघका सचिव राम प्रसाद दाहालका अनुसार बुधबार नै महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस भएर छलफलपश्चात पारित हुनेछ ।
महासंघले नयाँ नेतृत्वका लागि एक महिनाभित्र चुनाव गर्ने योजना बनाएको छ । यसका लागि कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति पनि बनाइएको छ । समितिले एक दुई दिनमा निर्वाचन मिति घोषणा गर्ने सचिव दाहालले बताए ।
महाधिवेशनको अवसरमा महासंघले पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका पत्रकारहरुलाई पुरस्कृत एवं सम्मान पनि गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया