Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

भागरथीकी आमा भन्छिन् – दिनेशले मारेको विश्‍वासै छैन, हत्यारा लुकाउने खेल भयो (भिडियोसहित)

भागरथीकी आमा भन्छिन् – दिनेशले मारेको विश्‍वासै छैन, हत्यारा लुकाउने खेल भयो (भिडियोसहित)

बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्‍न भएको भन्दै १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्‍न भएको भन्‍ने कुरामा आफू विश्‍वस्त नभएको बताएकी छन् ।

नेपाली कांग्रेसका नेता एनपी साउदसहितको टोलीसँगको भेटमा उनले हत्याराका रुपमा बैतडी प्रहरीले सार्वजनिक गरेका किशोर दिनेश भट्टले छोरी भागरथीको हत्या भएको प्रहरीको दाबीमा आफू विश्वस्त नभएको बताएकी हुन् ।

लेखाजोखालाई प्राप्त भिडियो क्लिपमा आमा द्रोपदीले अभियुक्त दाबी गरिएका किशोरलाई देखाएर प्रहरीले हत्यारा लुकाउने प्रयास गरेको अभिव्यक्ति दिएकी छन् ।

“घटना भएको दिन उ (दिनेश) चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, उ (किशोर) कान्छो हो । उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी मार्‍यो भागरथीलाई ? मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे,” भागरथीकी आमा द्रोपतीले भनेकी छन् ।

उनले प्रहरीले हत्यामा संलग्‍न रहेको दाबी गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका किशोर दिनेश भट्ट एक्लैले भागरथीको हत्यानै गरेको भए उनलाई पनि मार्नुपर्ने समेत माग गरेकी छन् । “कि त त्यस (किशोर) ले मैले एक्लै मारेको भन्छ भने त्यसको पनि हत्या गर्नुपर्छ,” भागरथीकी आमाले भिडियोमा भनेकी छन् ।

प्रहरीले सदरमुकाममा पत्रकार सम्मेलन गरेर हत्यामा संलग्‍न भएको दाबी गर्दै दिनेशलाई सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेता साउदसहितका कांग्रेस नेताहरु भागरथीको घर दोगडाकेदारको चडेपानी पुगेका थिए ।

उक्त टोलीमा संविधान सभा सदस्य बहादुरसिंह थापा, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, नेपाल महिला संघकी कोषाध्याक्ष जानकी सिंहलगायत नेता–कार्यकर्ताहरु थिए । महिला संघकी कोषाध्यक्ष सिंहले पनि भागरथीकी आमा प्रहरीले सार्वजनिक गरेको किशोरले छोरीको हत्या गरेको दाबीमा विश्वस्त नदेखिएको प्रतिक्रिया दिइन् ।

“त्यो केटा र भागरथी दिदी भाइ हुन् । त्यसले त्यस्तो गरे होला भन्ने मलाई कत्ति पनि विश्वास छैन । हिजोसम्म सामूहिक बलात्कार भन्‍ने, आज आएर त्यो सानो बच्चाले गरेको हो भन्‍ने ? यो हत्यारा लुकाउने खेल हो,” उनले द्रोपतीको भनाइ उद्धृत गर्दै लेखाजोखासँग भनिन् ।

कोषाध्यक्ष सिंहका अनुसार द्रोपतीले छोरी भागरथीले न्याय नपाउँदासम्म शव नबुझ्ने पनि बताएकी छन् । “जहिले सम्म मेरो छोरीले न्याय पाउँदिन । तबसम्म म शव पनि बुझ्दैन । अब मेरी छोरीले न्याय पाउँदिन भन्नेमा म ढुक्क छु । न्याय नपाएपछि मैले बाच्नुको अर्थ छैन । म पुलिस चौकी अगाडि गएर मर्दिन्छु,” उनले द्रोपतीको भनाइ उद्धृत गर्दै भनिन् ।

 

प्रतिक्रिया