Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २३ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास

कस्तो सजाय होला भागरथी हत्या प्रकरणः दोषी ठहरिए किशोरलाई ?

कस्तो सजाय होला भागरथी हत्या प्रकरणः दोषी ठहरिए किशोरलाई  ?

बैतडीकी भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको अभियुक्तको उमेर १८ वर्ष भनिएको छ। 

प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उत्तमराज सुबेदीका अनुसार अभियुक्त दिनेश भट्टले विद्यालयबाट घर जाने क्रममा आक्रमण गरि ज्यान लिएको र करणीको समेत प्रयास गरेको साबिती बयान दिएका छन्। जसको आधार र अन्य सबुत प्रमाणको आधारमा अभियुक्त दिनेश भट्टलाई अनुसन्धानको दायरामा लिएको छ। २५ दिनसम्म प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अभियुक्त दिनेश भट्टको उमेर अन्दाजी १८ वर्ष रहेको बताएको छ। यदि अभियुक्तको उमेर १८ या १६ वर्षभन्दा बढी छ भने कानुन अनुसार कस्तो सजाय होला भन्ने प्रश्न स्वाभाविक रुपमा उब्जेको छ। अभियुक्त भट्टको उमेर १६ वर्षमाथि र बलात्कार र हत्या अभियोग पुष्टि भएमा मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ४१ अनुसार सजाय हुनेछ।

उक्त दफामा उल्लेख गरिएको छ–यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नु पर्नेछ। उक्त दफाको देहाय (च) मा– ‘जबरजस्ती गरी ज्यान मारेको’ भन्ने उल्लेख छ।

यस प्रकरणमा पनि पोस्टमार्टम रिपोर्टले बलात्कार भएको देखाएको छ, यस्तो अवस्थामा दफा ४१ आकर्षित हुनेछ। यसमा जवरजस्ती करणी गरेबापत अतिरिक्त सजाय पनि हुनेछ । जसका लागि मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१९ उपदफा (१), (२), र ३ (घ) आकर्षित हुने देखिन्छ। 

उपदफा (१) मा– ’जबरजस्ती करणी गर्न हुँदैन’ भन्ने उल्लेख छ भने उपदफा (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई जबरजस्ती करणी गरेको मानिने छ।

भागरथीको उमेर १८ वर्षभन्दा कम रहेकाले जसरी पनि बलात्कार नै मानिने प्रस्ट देखिन्छ। यो अवस्थामा उपदफा ३ को (घ) आकर्षित हुने छ भने सो उपदफामा सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुनेछ भन्ने लेखिएको छ। यस्तो अवस्थामा अपराध पुष्टि हुँदा अभियुक्त दिनेश भट्टलाई आजन्म कैद र थप अधिकतम १२ वर्ष कैद हुने देखिएको छ।

आजन्म कैद भन्नुको अर्थ श्वास रहँदासम्म अभियुक्तले जेल सजाय भोग्नुपर्ने कानूनविद्हरूको राय छ। यो अवस्थामा अभियुक्तको अपराध पुष्टि भएमा बाँचुञ्जेलसम्म जेलमै बस्नु पर्ने कानुनी व्यवस्था रहेको बताइएको छ।

बलात्कार र हत्याको अभियोग पुष्टि भएपनि यदि अभियुक्त दिनेश भट्टको उमेर १६ वर्षभन्दा कम भए उनले पाउने सजायमा बालबालिका सम्बन्धी ऐन २०७५ आकर्षित हुने समेत बताइएको छ।

अभियुक्त दिनेश भट्टको उमेर १६ वर्षभन्दा कम भएको प्रमाणित भएमा भागरथी हत्या प्रकरणमा  बालबालिकासम्बन्धी ऐनको दफा ३६ को उपदफा (३) आकर्षित हुने देखिन्छ । उक्त उपदफामा भनिएको छ– चौध वर्ष वा सोभन्दा माथि र सोह्र वर्षभन्दा कम उमेरको बालबालिकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानूनबमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ । तर आजन्म कैदको आधा कति हुने भन्ने विषयमा भने अन्योलता रहने कानुनका जानकारहरु बताउँछन्। 

प्रतिक्रिया