Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

वार्षिकोत्सवको अवसरमा दारी ग्याङ धनगढीद्वारा शैक्षिक सामग्री वितरण

वार्षिकोत्सवको अवसरमा दारी ग्याङ धनगढीद्वारा शैक्षिक सामग्री वितरण

दारी ग्याङ धनगढीले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा धनगढीको एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ।

बिहीबार दारी ग्याङ कोरियाको सहयोगमा धनगढी उपमहानगरपालिका–११ बेलामा रहेको दक्षिणकाली आधारभुत विद्यालयका ७५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए।

उनका अनुसार विद्यार्थीहरुलाई कपी, कलम लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको हो। 

दक्षिणकाली आधारभुत विद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले शैक्षिक सामग्रीको अभाव भएका बेला दारी ग्याङले गरेको सहयोगप्रति आभार प्रकट गरेका छन्। साथै उनले विद्यालयलाई भौतिक संरचनाको समेत आवश्यकता रहेको भन्दै सबैमा सहयोग गर्न आग्रह गरेका छन्। 

आज देशभर दारी ग्याङले आफ्नो पाँचौ वार्षिकोत्सव मनाएका छन्।  ‘गालामा दारी, काँधमा जिम्मेवारी’ नारासहित २०७३ मा स्थापना भएको दारी ग्याङ एक फेसबुक समूह हो। 

दारी पाल्ने व्यक्तिलाई हेर्ने गरेको गलत दृष्टिकोणलाई हटाउने उदेश्यका साथ उक्त समूहको स्थापना भएका बताइन्छ।

प्रतिक्रिया