Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अछाममा निर्वाचन आचारसंहिता सम्बन्धि कार्यक्रम सम्पन्न

अछाममा निर्वाचन आचारसंहिता सम्बन्धि कार्यक्रम सम्पन्न

फागुन ६ , अछाम

पाँचौ निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय अछामले जिल्लाका सरोकारवालासंग बृहत अन्तरक्रिया गरेको छ । निर्वाचन आचारसंहिता कार्यन्वयनमा सरोराकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले कार्यक्रमको प्रशंसा गर्दै निर्वाचन भईहाले निर्वाचन आचारसंहिता प्रभावकारी ढंगले कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन ।

नेपालमा चुनावी आचारसंहिता बनाउने तर त्यसको कार्यन्वयन नहुुँदा विभिन्नि खालका समस्याहरु देखिने गरेकाले त्यसले निष्पक्ष निर्वाचनमा असर गरिरहेकाले चुनावको समयमा आचारसंहिता पालन नगर्ने पार्टि, कर्मचारी, पत्रकार, नागरिक जोकोहीलाई पनि कडा कार्बाही गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सुझाव दिदै नेपाली काँग्रेसका प्रवक्ता वेदप्रकाश तिमिलसैनाले जिल्ला निर्वाचन कार्यालय अछामले चुनावि आचारसंहिता पालन नगर्नेलाई कार्बाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

आचारसंहिता पालन नगर्ने उमेदवारको उमेदवारी खारेज गर्नसमेत निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ आवाज कार्यक्रममा बोल्ने अन्य सहभागिहरुले पनि यसै कुरामा जोड दिदै सबै दलका नेताहरुलाई समान किसिमको व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुखजिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले अब हुने भनिएको निर्वाचन भईहाले सफल पार्न आम सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्नेमा जोडदिनुभयो । लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएकाले सर्वोच्चले निर्वाचनको घोषणा गरेमा सबै जिल्लाबासीले चुनाव सफल पार्न जुट्नु पर्ने समन्वय प्रमुख कुवँरले बताउनुभयो ।

कार्यक्रममा सहभागि सरोकारवालाले उठाएका प्रश्नको जवाफ दिदै जिल्ला निर्वाचन कार्यालय अछामका प्रमुख सुबोध कुमार महतोले सरोकारवालाले दिएको सुझावकै आधारमा जिल्ला निर्वाचन कार्यालय अछामले आफ्ना गतिविधि अगाडी बढाईरहेको र आगामी दिनमा चुनावी आचारसंहिता प्रभावकारी ढंगले कार्यन्वयन भए नभएको मसिनो ढंगले अनुगमन गरिने र कार्यन्वयन नभएको पाईए कार्बाहीको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ । सहभागि सरोकारवालाले निर्वाचन कार्यालयले सञ्चालन गरेका गतिविधिमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया