Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राष्ट्रिय परिचयपत्रमा दलितहरुलाई गालीगलौजको भाषा : गुल्मीका दलितहरुले बहिष्कार गर्ने

राष्ट्रिय परिचयपत्रमा दलितहरुलाई गालीगलौजको भाषा : गुल्मीका दलितहरुले बहिष्कार गर्ने

सरकारले केही दिनअघि  बनाउन सुरु गरेको राष्ट्रिय परिचय पत्रमा दालित समुदायका  नागरिकहरुलाई गालीगलौजको भाषा प्रयोग गरिएको भन्दै त्यसलाई नसच्चाएर राष्ट्रिय परिचय पत्र नै बहिष्कार गर्ने यहाँका दालित समुदायले चेतावानी दिएका छन् ।

दलितहरुका दर्जनौ संगठन मिलेर बनेको दलित साझा मञ्च गुल्मीले आज विहिवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावानी दिएको हो । दलित समुदायको आत्मासम्मानका लागि वर्ष औं अघिदेखि गालीगलौजका रुपमा लिइने जातिय थर परिवर्तनका लागि बर्ष औंदेखि दलित समुदाय आन्दोलित छ, साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माले भने ।

दलित नेता बिश्वकर्मा थप्छन् , ‘अहिले आएर सरकारले वितरण गर्ने  राष्ट्रिय परिचय पत्र मै बिश्वकर्मालाई कामी, परियारलाई दमाई, नेपालीलाई सार्की, गन्धर्वलाई गाइने र वादी जस्ता शब्द राखेको पाइयो, बिश्वकर्माले भने, यसले दलित समुदायलाई राज्यले नै ठाडै गाली गरेको छ ।’

२०५१ साल देखि बनेको सरकारले मन्त्रिपरिषदको निर्णय अनुसार दलित समुदायहरुले आफ्नो जाति सूचक सुचक शब्द लेखाउँदा अपमान भएको महशुस गरेको खण्डमा आफ्नो थर गोत्रा अनुसार नागरिकता बनाउन सक्ने छन् भनि जिल्ला प्रशासनलाई परिपत्र गरि सकेको छ ।

सोही अनुरुप नागरिकता पनि बन्दै आएका छन्  तर अहिले राष्ट्रिय परिचयपत्र र  जनगणना लगायतका  लगायतका विशेष विवरणमा उल्लेख गर्दा भने त्यही अपमानजनक र गालीगलौज गर्दा समेत प्रयोग हुने कामी दमाइर्, सार्की, गाइने, वादी जस्ता शब्दवली लेखाउन राज्यको तर्फबाट नै बाध्य पारिएकोप्रति आम गुल्मीले  दलित समुदायहरुको गम्भीर ध्यान आकर्षण भएको छ, ’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

यसर्थ दलित समुदायलाई प्रयोग गरिने त्यस्ता अपमानजन शब्दहरुको सट्टा ससम्मान प्रयोग हुँदै आएका बिश्वकर्मा, परियार, नेपाली र गन्धर्व शब्द राष्ट्रिय परिचय पत्रको बिबरणमा राखिनुपर्ने  दलित साझा मञ्च गुल्मीले माग गरेको छ ।

नेपाल सरकार र सरोकारवाला सबै निकायको यसप्रति ध्यान जाओस भन्दै  यदि त्यसो नगरिए राष्ट्रिय परिचय पत्र र जनगणना २०७८ कार्यक्रम समेत दलित समुदायले बहिस्कार गर्ने दलित साझामञ्च गुल्मीले चेतावानी दिएको छ ।

विज्ञप्तिमा गुल्मीका दलित समुदायका दर्जनौ संघ संस्थाले हस्ताक्षर गरेका छन । गुल्मीका शिक्षक तथा साझा मञ्च गुल्मीका उपाध्यक्ष रोम बिश्वकर्माले भने, ‘मेरो नागरिकतामा बिश्वकर्मा थियो र त्यही भरेर मैले एक कर्मचारीलाई राष्ट्रिय परिचय पत्र बनाउन गएँ । भित्र कम्युटरमा हेर्छु त  जातिगत विवरणमा कामी भनेर  भरियो । त्यस रातैभर मलाई निद्रा लागेन । केन्द्रका धेरै नेताहरुलाई फोन गरे । जिल्ला स्थित सबै दलित अगुवाहरुसँग पनि यो कुरा राखे । त्यस पछि हामी भेला भइयो र त्यो अपमानजनक शब्दावली सरकारले हटाओस भन्ने जोडदार माग गरेका हौ । यस्तो माग देशैभरका दलित समुदायले गर्न जरुरी छ अन्यथा हाम्रो पुस्तौ पुस्ता सम्मको आत्मासम्मानमा ठेस पुग्ने छ ।' 

प्रतिक्रिया