Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

राष्ट्रिय परिचयपत्रमा दलितहरुलाई गालीगलौजको भाषा : गुल्मीका दलितहरुले बहिष्कार गर्ने

राष्ट्रिय परिचयपत्रमा दलितहरुलाई गालीगलौजको भाषा : गुल्मीका दलितहरुले बहिष्कार गर्ने

सरकारले केही दिनअघि  बनाउन सुरु गरेको राष्ट्रिय परिचय पत्रमा दालित समुदायका  नागरिकहरुलाई गालीगलौजको भाषा प्रयोग गरिएको भन्दै त्यसलाई नसच्चाएर राष्ट्रिय परिचय पत्र नै बहिष्कार गर्ने यहाँका दालित समुदायले चेतावानी दिएका छन् ।

दलितहरुका दर्जनौ संगठन मिलेर बनेको दलित साझा मञ्च गुल्मीले आज विहिवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावानी दिएको हो । दलित समुदायको आत्मासम्मानका लागि वर्ष औं अघिदेखि गालीगलौजका रुपमा लिइने जातिय थर परिवर्तनका लागि बर्ष औंदेखि दलित समुदाय आन्दोलित छ, साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माले भने ।

दलित नेता बिश्वकर्मा थप्छन् , ‘अहिले आएर सरकारले वितरण गर्ने  राष्ट्रिय परिचय पत्र मै बिश्वकर्मालाई कामी, परियारलाई दमाई, नेपालीलाई सार्की, गन्धर्वलाई गाइने र वादी जस्ता शब्द राखेको पाइयो, बिश्वकर्माले भने, यसले दलित समुदायलाई राज्यले नै ठाडै गाली गरेको छ ।’

२०५१ साल देखि बनेको सरकारले मन्त्रिपरिषदको निर्णय अनुसार दलित समुदायहरुले आफ्नो जाति सूचक सुचक शब्द लेखाउँदा अपमान भएको महशुस गरेको खण्डमा आफ्नो थर गोत्रा अनुसार नागरिकता बनाउन सक्ने छन् भनि जिल्ला प्रशासनलाई परिपत्र गरि सकेको छ ।

सोही अनुरुप नागरिकता पनि बन्दै आएका छन्  तर अहिले राष्ट्रिय परिचयपत्र र  जनगणना लगायतका  लगायतका विशेष विवरणमा उल्लेख गर्दा भने त्यही अपमानजनक र गालीगलौज गर्दा समेत प्रयोग हुने कामी दमाइर्, सार्की, गाइने, वादी जस्ता शब्दवली लेखाउन राज्यको तर्फबाट नै बाध्य पारिएकोप्रति आम गुल्मीले  दलित समुदायहरुको गम्भीर ध्यान आकर्षण भएको छ, ’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

यसर्थ दलित समुदायलाई प्रयोग गरिने त्यस्ता अपमानजन शब्दहरुको सट्टा ससम्मान प्रयोग हुँदै आएका बिश्वकर्मा, परियार, नेपाली र गन्धर्व शब्द राष्ट्रिय परिचय पत्रको बिबरणमा राखिनुपर्ने  दलित साझा मञ्च गुल्मीले माग गरेको छ ।

नेपाल सरकार र सरोकारवाला सबै निकायको यसप्रति ध्यान जाओस भन्दै  यदि त्यसो नगरिए राष्ट्रिय परिचय पत्र र जनगणना २०७८ कार्यक्रम समेत दलित समुदायले बहिस्कार गर्ने दलित साझामञ्च गुल्मीले चेतावानी दिएको छ ।

विज्ञप्तिमा गुल्मीका दलित समुदायका दर्जनौ संघ संस्थाले हस्ताक्षर गरेका छन । गुल्मीका शिक्षक तथा साझा मञ्च गुल्मीका उपाध्यक्ष रोम बिश्वकर्माले भने, ‘मेरो नागरिकतामा बिश्वकर्मा थियो र त्यही भरेर मैले एक कर्मचारीलाई राष्ट्रिय परिचय पत्र बनाउन गएँ । भित्र कम्युटरमा हेर्छु त  जातिगत विवरणमा कामी भनेर  भरियो । त्यस रातैभर मलाई निद्रा लागेन । केन्द्रका धेरै नेताहरुलाई फोन गरे । जिल्ला स्थित सबै दलित अगुवाहरुसँग पनि यो कुरा राखे । त्यस पछि हामी भेला भइयो र त्यो अपमानजनक शब्दावली सरकारले हटाओस भन्ने जोडदार माग गरेका हौ । यस्तो माग देशैभरका दलित समुदायले गर्न जरुरी छ अन्यथा हाम्रो पुस्तौ पुस्ता सम्मको आत्मासम्मानमा ठेस पुग्ने छ ।' 

प्रतिक्रिया