ताजा अपडेट
बुवाकै सामु लिएको बयानमा बलात्कार गरेको पनि स्वीकारे भागरथी हत्याका अभियुक्तले
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याका अभियुक्त दिनेश भट्टले बलात्कार पनि गरेको स्वीकार गरेका छन्। आज सरकारी वकिलले उनका बुवाको सामु लिएको बयानका क्रममा दिनेशले बलात्कार पनि गरेको स्वीकार गरेका हुन्।
नबालकको हकमा अभिभावकको रोहवरमा बयान लिनु पर्ने प्रावधान अनुसार उनका बुवालाइ सँगै राखेर सरकारी वकिलले बयान लिएको समाचार सुत्रले बतायो। सोही बेला दिनेशले आफ्नै बुवाका समु दिएको बयानमा बलात्कार पनि गरेको स्वीकार गरेका हुन।
दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो। यसअधी दिनेशले भागरथीको हत्या गरेको स्वीकार गरेपनि बलात्कार नगरेको बयान दिएका थिए।
हत्याका अभियुक्त दिनेशले आज दिएको बयानका क्रममा बलात्कार पनि गरेको आधिकारी पुष्टि भने प्रहरीले गरेको छैन।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया