Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

१४ दिनदेखि अस्पतालमै रहेको शव भागरथीका परिवारले बुझ्ने, दाजु भन्छन्- ‘न्याय पाए ’

१४ दिनदेखि अस्पतालमै रहेको शव भागरथीका परिवारले  बुझ्ने, दाजु भन्छन्- ‘न्याय पाए ’

अभिभावकको रहोबरमा बयान लिने क्रममा अभियुक्तले बलात्कारपछि हत्या गरेको अभियोग स्विकारेपछि भागरथीका परिवारले शव बुझ्ने भएका छन्। बलात्कारपछि भागरथीको हत्या अभियोगमा पक्राउ गरि प्रहरीले सार्वजनिक गरेका उनकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्टले घटना घटाएको भरपर्दो प्रमाण पेश नगरेको भन्दै शव बुझ्न अस्वीकार गरेका परिवारले आज शव बुझ्ने बताएका छन्। 

मृतक भागरथीका दाजु केशव भट्टले १४ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको भागरथीको पार्थिव शरीर बुझेर आजै अन्तिम संस्कार गरिने दिनेशखबरलाइ बताए।उनले अभियुक्त आफ्नै परिवारको सदस्य भएपनि प्रहरीले कानूनको कठघरामा उभ्याएपछि न्याय पाएको अनुभुति भएको प्रतिक्रिया दिए।

गत माघ २१गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन्। उनको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने परिवारको अडानपछि २३ गतेदेखि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको थियो।

प्रहरीले बलात्कारपछि भागरथीको हत्या गरेको अभियोगमा उनकै भाइ पर्ने दिनेशलाइ बुधबार सार्वजनिक गरेपनि उनीमाथि विश्वास गर्न सकिने खालका सबुत प्रमाण प्रहरीले पेश गर्न नसकेके भन्दा शव बुझ्न अस्वीकार गरिएको थियो। 

तर बिहीबार मृतक र अभियुक्तका परिवारलाइ रहोबरमा राखेर जिल्ला सरकारी विकलको कार्यालयमा बयान लिने क्रममा अभियोग स्विकार गरेका थिए। यसअघि प्रहरीलाइ आफूले बलात्कार नगरेको बताउँदै आएका दिनेशले बिहीबार भने भागरथीलाइ सडकबाट लडाएर बेहोस भएपछि एकपटक बलात्कार गरेको बयान दिदै त्यसपछि घाँटी थिचेर हत्या गरेको बताएको उनकै परिवारका सदस्यले बताएका छन्। 

दिनेशले यो घटना भागरथीका बुवाले करिब ३० वर्षअघि आफ्नी फुपूमाथि गरेको बलात्कारको बदला लिन घटाएको बयान समेत दिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन्। मृतक र अभियुक्तका आफन्तले पनि भागरथीका बुवा १६/१७ वर्षको हुँदा त्यो घटना भएको र पछि उनलाइ अदालतबाट ६ महिना कैद सजाय भएको कुरा साँचो भएको स्विकार गरेका छन्।

प्रतिक्रिया