Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

१४ दिनदेखि अस्पतालमै रहेको शव भागरथीका परिवारले बुझ्ने, दाजु भन्छन्- ‘न्याय पाए ’

१४ दिनदेखि अस्पतालमै रहेको शव भागरथीका परिवारले  बुझ्ने, दाजु भन्छन्- ‘न्याय पाए ’

अभिभावकको रहोबरमा बयान लिने क्रममा अभियुक्तले बलात्कारपछि हत्या गरेको अभियोग स्विकारेपछि भागरथीका परिवारले शव बुझ्ने भएका छन्। बलात्कारपछि भागरथीको हत्या अभियोगमा पक्राउ गरि प्रहरीले सार्वजनिक गरेका उनकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्टले घटना घटाएको भरपर्दो प्रमाण पेश नगरेको भन्दै शव बुझ्न अस्वीकार गरेका परिवारले आज शव बुझ्ने बताएका छन्। 

मृतक भागरथीका दाजु केशव भट्टले १४ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको भागरथीको पार्थिव शरीर बुझेर आजै अन्तिम संस्कार गरिने दिनेशखबरलाइ बताए।उनले अभियुक्त आफ्नै परिवारको सदस्य भएपनि प्रहरीले कानूनको कठघरामा उभ्याएपछि न्याय पाएको अनुभुति भएको प्रतिक्रिया दिए।

गत माघ २१गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन्। उनको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने परिवारको अडानपछि २३ गतेदेखि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको थियो।

प्रहरीले बलात्कारपछि भागरथीको हत्या गरेको अभियोगमा उनकै भाइ पर्ने दिनेशलाइ बुधबार सार्वजनिक गरेपनि उनीमाथि विश्वास गर्न सकिने खालका सबुत प्रमाण प्रहरीले पेश गर्न नसकेके भन्दा शव बुझ्न अस्वीकार गरिएको थियो। 

तर बिहीबार मृतक र अभियुक्तका परिवारलाइ रहोबरमा राखेर जिल्ला सरकारी विकलको कार्यालयमा बयान लिने क्रममा अभियोग स्विकार गरेका थिए। यसअघि प्रहरीलाइ आफूले बलात्कार नगरेको बताउँदै आएका दिनेशले बिहीबार भने भागरथीलाइ सडकबाट लडाएर बेहोस भएपछि एकपटक बलात्कार गरेको बयान दिदै त्यसपछि घाँटी थिचेर हत्या गरेको बताएको उनकै परिवारका सदस्यले बताएका छन्। 

दिनेशले यो घटना भागरथीका बुवाले करिब ३० वर्षअघि आफ्नी फुपूमाथि गरेको बलात्कारको बदला लिन घटाएको बयान समेत दिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन्। मृतक र अभियुक्तका आफन्तले पनि भागरथीका बुवा १६/१७ वर्षको हुँदा त्यो घटना भएको र पछि उनलाइ अदालतबाट ६ महिना कैद सजाय भएको कुरा साँचो भएको स्विकार गरेका छन्।

प्रतिक्रिया