Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज बहस सकिँदै

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज बहस सकिँदै

दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आज एमीकस क्युरी (अदालतको सहयोगी) को बहस सकिँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सकिन लागेको हो। 

बहस सुरू भएको एक महिना पछि एमीकस क्युरीमध्येका चारजनाले बिहीबारसम्म बहस सकेका छन्। आज वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले सुझावस्वरूप बहस गर्नेछिन्।  यसअघि वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्यले बहस गरिसकेका छन्। 

गत पुसको पहिलो साता दर्ता भएको मुद्दामा माघ ४ गतेदेखि  निरन्तर सुनुवाइ हुँदै आइरहेको छ। सुनुवाइमा रिट निवेदक, सरकारी तर्फबाट, एमीकस क्युरीले सुझावस्वरूप बहस गरेका छन्। कुनै जटिल मुद्दामा निर्णय दिन गाह्रो भएपछि सुझावका लागि एमीकस क्युरी झिकाउने चलन छ। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चले ५ जना एमीकस क्युरी मागेको थियो।

प्रतिक्रिया