Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, यस्तो छ प्राधिकरणको तयारी

एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, यस्तो छ प्राधिकरणको तयारी

नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताको लागि सेवा प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘नम्बर पोर्टेबिलिटी’ सम्बन्धी व्यवस्था लागू गर्ने तयारी गरिरहेको छ ।

यो सेवा सुरु भएसँगै प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको सिमकार्डमै आफूले चाहेको नेटवर्कमा स्वीच गर्न सक्नेछन् । यसको अर्थ अहिले नेपाल टेलिकम वा एनसेलको सिमकार्ड प्रयोग गरिरहेका ग्राहकले आफूले प्रयोग गरिरहेकै नम्बरमा कम्पनी परिवर्तन गरी सेवा लिन सक्नेछन् ।

यो सेवा लागू भएपछि एनसेलको सेवा लिनेले टेलिकम र टेलिकमको सेवा लिनेले एनसेलको वा अन्य कुनै सेवा प्रदायकको सेवा एउटै नम्बरबाट लिन पाउनेछन् । त्यसका लागि प्राधिकरणले एक जना विज्ञ सहितको आन्तरिक कमिटी गठन गरी भर्खरैमात्र कार्यविधि तयार पारेकाे छ ।

‘अब उक्त कार्यविधि प्राधिकरण सञ्चालक समितिकोे बोर्डमा जानेछ,’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘बोर्डले उक्त कार्यविधिमा आवश्यक छलफल गरि निर्णय गर्नेछ ।’ त्यसका आधारमा प्राधिकरणले नम्बर पोर्टेबिलिटी सेवा उपलब्ध गराउनका लागि आवश्यक कम्पनी छनोटको प्रक्रिया अघि बढाउने छ ।

उक्त कम्पनीले अन्य सेवा प्रदायकबीच समन्वयको काम गर्ने, नेटवर्क परिवर्तन गरिदिने, नेटवर्क परिवर्तन गर्दा लाग्ने शुल्क तथा आवश्यक कागजात संकलन गरी व्यवस्थापन गर्ने काम गर्नेछ । तर, यी सम्पूर्ण काम यही वर्षमा भने हुने छैन ।

यो वर्षको बजेटमा प्राधिकरणले नम्बर पोर्टेबिलिटीको अध्ययनका लागि मात्रै भनेर पाँच लाख छुट्याएको छ । त्यसैका आधारमा अध्ययन गरी कार्यविधि तयार गरेको हो । अब उक्त कार्यविधिका आधारमा अर्को आर्थिक वर्षको बजेटमा कार्यान्वयनका लागि अघि बढाइने प्रवक्ता अर्यात बताउँछन् ।

एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने सेवा सुरु गर्ने यो विषय नयाँ भने होइन । प्राधिकरणले यसअघि २०७४ सालमा अन्तराष्ट्रिय परामर्शदाता माग गरेको थियो ।

परामर्शदाता कम्पनीले बुझाएको प्रतिवेदनले हाल नेपालमा नम्बर पोर्टेबिलिटीका लागि बजार तयार नभइसकेको भन्ने प्रतिवेदन आएको थियो । यही कारण त्यसबेला पछि हटेको प्राधिकरणले अहिले पुनः यसलाई अघि बढाएको हो ।

प्रतिक्रिया