Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, यस्तो छ प्राधिकरणको तयारी

एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, यस्तो छ प्राधिकरणको तयारी

नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताको लागि सेवा प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘नम्बर पोर्टेबिलिटी’ सम्बन्धी व्यवस्था लागू गर्ने तयारी गरिरहेको छ ।

यो सेवा सुरु भएसँगै प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको सिमकार्डमै आफूले चाहेको नेटवर्कमा स्वीच गर्न सक्नेछन् । यसको अर्थ अहिले नेपाल टेलिकम वा एनसेलको सिमकार्ड प्रयोग गरिरहेका ग्राहकले आफूले प्रयोग गरिरहेकै नम्बरमा कम्पनी परिवर्तन गरी सेवा लिन सक्नेछन् ।

यो सेवा लागू भएपछि एनसेलको सेवा लिनेले टेलिकम र टेलिकमको सेवा लिनेले एनसेलको वा अन्य कुनै सेवा प्रदायकको सेवा एउटै नम्बरबाट लिन पाउनेछन् । त्यसका लागि प्राधिकरणले एक जना विज्ञ सहितको आन्तरिक कमिटी गठन गरी भर्खरैमात्र कार्यविधि तयार पारेकाे छ ।

‘अब उक्त कार्यविधि प्राधिकरण सञ्चालक समितिकोे बोर्डमा जानेछ,’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘बोर्डले उक्त कार्यविधिमा आवश्यक छलफल गरि निर्णय गर्नेछ ।’ त्यसका आधारमा प्राधिकरणले नम्बर पोर्टेबिलिटी सेवा उपलब्ध गराउनका लागि आवश्यक कम्पनी छनोटको प्रक्रिया अघि बढाउने छ ।

उक्त कम्पनीले अन्य सेवा प्रदायकबीच समन्वयको काम गर्ने, नेटवर्क परिवर्तन गरिदिने, नेटवर्क परिवर्तन गर्दा लाग्ने शुल्क तथा आवश्यक कागजात संकलन गरी व्यवस्थापन गर्ने काम गर्नेछ । तर, यी सम्पूर्ण काम यही वर्षमा भने हुने छैन ।

यो वर्षको बजेटमा प्राधिकरणले नम्बर पोर्टेबिलिटीको अध्ययनका लागि मात्रै भनेर पाँच लाख छुट्याएको छ । त्यसैका आधारमा अध्ययन गरी कार्यविधि तयार गरेको हो । अब उक्त कार्यविधिका आधारमा अर्को आर्थिक वर्षको बजेटमा कार्यान्वयनका लागि अघि बढाइने प्रवक्ता अर्यात बताउँछन् ।

एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने सेवा सुरु गर्ने यो विषय नयाँ भने होइन । प्राधिकरणले यसअघि २०७४ सालमा अन्तराष्ट्रिय परामर्शदाता माग गरेको थियो ।

परामर्शदाता कम्पनीले बुझाएको प्रतिवेदनले हाल नेपालमा नम्बर पोर्टेबिलिटीका लागि बजार तयार नभइसकेको भन्ने प्रतिवेदन आएको थियो । यही कारण त्यसबेला पछि हटेको प्राधिकरणले अहिले पुनः यसलाई अघि बढाएको हो ।

प्रतिक्रिया