ताजा अपडेट
प्रजातन्त्र दिवसको अवसरमा मंगलसेन बजार सरसफाई
कमल रावल, फागुन, ७ अछाम
७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अछाम सबै स्थानीय सरकार तथा विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन । स्थानीय तहले आफ्नो अग्रसरतामा बजार सरसफाई बिचार गोष्ठिका साथै विद्यालयहरुले वक्तृत्वकला, हाजिरीजवाफ लगायतका कार्यक्रम गरेका मनाएका छन । जिल्लाको मंगलसेन नगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार मंगलसेन बजारमा प्रभातफेरी बजार सरसफाई गरी मनाएको छ ।
नगर प्रमुख पदम बहादुर बोहरा नेतृत्वमा आएको टोलिले दरबार परिसर, धर्मेश्वर मन्दिर परिसर, झाडफुंगा धारा र मुहान, बैरागी धारा परिसर तथा बजार क्षेत्रको सरसफाइ गरेको हो । प्रत्येक ठाउँमा थुपारेर राखेको फोहोर व्यवस्थापन गर्दै टिप्परमा हालेर व्यवस्थापनका लागि डम्पिङ साईड पठाईएको थियो । सरसफाई पश्चात बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले शहिदहरुको अमूल्य बलिदानले ल्याईएको प्रजातन्त्रले संविधानको रक्षा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
आफू आएर बजार सरसफाइ गरिरहँदा व्यापारीहरू सरसफाई गर्न ननिस्किएको गुनासो समेत उहाँले गर्नु भएको छ । शहिदहरुको बलिदानले सिर्जीत प्रजातन्त्रलाई नेपालीहरुले बिर्सदै गएको भन्दै यस्तो उपलब्धिलाई बिर्सेने बानिले नेपालमा विकास हुन नसकेको पनि उहाँको भनाइ छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया