Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रचण्डले भने- स्थायी समिति बैठक फुटको प्लेटफर्म बन्न सक्छ, जस्तोसुकै परिस्थितिका लागि तयार रहौं

प्रचण्डले भने- स्थायी समिति बैठक फुटको प्लेटफर्म बन्न सक्छ, जस्तोसुकै परिस्थितिका लागि तयार रहौं

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक पार्टी फुटको प्लेटफर्म बन्न सक्ने खतरा रहेको बताएका छन्।

नेकपा स्थायी समितिको बिहीबारको बैठकमा प्रचण्डले पार्टी एकता गम्भीर संकटमा परेको बताएका थिए।

पार्टी स्थायी समिति बैठक चलिरहँदा सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

त्यसपछि बैठक केहीबेरका लागि स्थगित गरेर प्रचण्डले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपीशर्मा ओलीसँग छलफल गरेका थिए। प्रधानमन्त्री ओलीसँग छलफल गरेलगत्तै प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका थिए।

राष्ट्रपतिलाई भेटेर आएपछि फेरि बैठक सुरु भएको थियो। बैठकमा प्रचण्डले केहीबेर आफ्ना धारणा राखेका थिए।

‘पार्टी एकता गम्भीर संकटमा पर्यो। यो स्थायी समितिले पार्टी एकता पनि घोषणा गर्न सक्छ। यही स्थायी समिति पार्टी फुटको प्लेटफर्म पनि हुन सक्छ।’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने, ‘हामीले पार्टी एकतालाई जोगाइराख्न सक्दो प्रयास गर्नुपर्छ, पार्टी एकता जोगाइराख्न पर्छ। अब जे पनि निर्णय हुनसक्छ त्यसका लागि तयार भएर बसौँ।’

यसअघि असार १० गते स्थायी समिति बैठकको सुरुआतको दिन प्रचण्डले पार्टी विभाजनको संघारमा पुगेको बताएका थिए।

‘पार्टी विभाजन भएमा पूर्व एमाले एकातिर, पूर्व माओवादी अर्कोतिर हुने स्थिति आउँदैन’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने ‘पूर्व एमाले र पूर्व माओवादी मिसिएर पार्टी विभाजन हुन सक्छ, तर हामी त्यो दिशामा जानु हुँदैन।’

प्रधानमन्त्री ओलीले दल विभाजनका लागि खुकुलो बनाउने ऐन समेत ल्याउन सक्ने खतरा रहेको प्रचण्डले बताएका थिए।

‘मैले प्रधानमन्त्रीलाई अध्यादेश ल्याउँदै हुनुहुन्छ भनेर सोधेको थिएँ। उहाँले २–३ दिन ल्याउँदिन भनेर भन्नुभयो, यसको मतलव उहाँले ल्याउने खतरा छ’ प्रचण्डको भनाई उदृत गर्दै अर्का नेताले भने, ‘मैले यही भएर राष्ट्रपतिलाई यस्तो अध्यादेश ल्याउनुभयो भने केही दिन रोक्नुस है भनेर भनेको हो, उहाँले तपाईंहरु मिल्नुस् मात्रै भन्नुभयो।’

शुक्रबार एक दिन अध्यादेश ल्याउनेबारे प्रधानमन्त्रीको धारणा बुझ्न र त्यसलाई रोक्नका लागि सहमतिको प्रयास गर्न जरुरी रहेको प्रचण्डले बैठकलाई जानकारी गराएका थिए। सेतोपाटी बाट 

प्रतिक्रिया