Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

शैक्षिक गुणस्तरमा अब्बल बन्दै सुर्यचन्द्र नमुना मावि कालिमाटी

शैक्षिक गुणस्तरमा अब्बल बन्दै सुर्यचन्द्र नमुना मावि कालिमाटी

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथमा रहेको सुर्यचन्द्र नमुना माध्यामिक विद्यालय कालिमाटीले शैक्षिक सत्र २०७३ बाट प्राबिधिक धार अन्र्तगत कृषि बाली बिज्ञान तर्फ संञ्चालनका लागी शिक्षा मन्त्रालयबाट मान्यता पाएको थियो । पहीलो शैक्षिक सत्रमा आवश्यक प्रचारप्रसार लगाएतले समय नपुगेकाले प्रबेश परिक्षाका लागी विद्यालयले सोचेजस्तो विद्यार्थि पाएको थिएन त्यसपछीका बर्षमा सुर्यचन्द्र माबिको कृषि बाली विज्ञान संकाय नमुना बन्दै गएको छ ।

नेपाल सरकारबाट मान्यता प्राप्त कृषि बाली विज्ञान तर्फ सुर्यचन्द्र नमुना माबि अध्ययनका लागी कक्षा ८ उत्तिर्ण गरेर ९ कक्षाबाट पढाई शुभारम्भ हुने गर्दछ । नगरपालिकाको सानो वडाको रुपमा सुर्यचन्द्र नमुना माविको शैक्षिक गुणस्तर प्रभाबकारी बन्दै गएपछी विद्यार्थि समेत बढदै गएका छन । विद्यालयमा अहीले झण्डै ७ सय हाराहारीमा विद्यार्थि रहेका छन । सुर्यचन्द्र माबिमा साफेबगरका मात्रै नभई अछामका सबै स्थानिय तह सहीत छिमेकी जिल्लाका विद्यार्थि समेत पढन आईरहेका छन । विद्यालयले प्रबिधी बिकाससँगै ईन्टरनेटको समेत भरपुर सदुपयोग गर्दै आईरहेको छ । विद्यालयमा सिसिटिभी क्यामेरा सहीत बाल बिकास केन्द्र देखी कक्षा १२ सम्मका कक्षा कोठामा पढाई कसरी भईरहेको छ भनेर प्राचार्यले आफ्नै कार्यकक्षबाट अनुगमन सहीत मुल्याकन गर्ने प्रबिधी समेत जडान भएको छ ।

विद्युतीय प्रबिधी मार्फत कक्षा संञ्चालन गरि कक्षाहरु समेत संञ्चालनमा आईसकेका छन । विद्यालयका आफ्रनै सुबिधा सम्पन्न भवन सहीत कृषि पढने विद्यार्थिका लागी फिल्डमै गएर अभ्यास गर्नका लागी जग्गाको समेत अभाब देखिदैन । विद्यार्थिले विद्यालयको जग्गामा उत्पादन भएका विउहरु यतिबेला गाउ गाउमा पुग्ने गरेको विद्यालयका प्राचार्य देबेन्द्र बहादुर शाहले बताउनु भयो । कृषि विद्यालय भईसकेपछी कुन सिजनको कस्तो तरकारी तथा अन्नबालीको आवश्यकता पर्छ भनेर प्रभाबका लागी समेत गाउ गाउ वितरण हुने गरेको शाहले बताउनु भयो । विद्यालयमा मौरीघार, च्याउ उत्पादन, खेतगरामा विउ उत्पादन बार्षिक कार्यक्रम अनुसार भएको तथा यसपाली प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना मार्फत सहयोग समेत भएको उहाँले जानकारी दिनु भयो ।

उहाँले कृषि प्राबिधिक आईसेकपछी समुदाय तथा जिल्लाले समेत उपलब्धी हासिल गरेको बताउनु भयो । विद्यालय स्तरमा आवश्यक पर्ने बिज्ञान शिक्षकको कुनै समस्या नभएको र नुमना विद्यालय भएकाले भर्ना हुने विद्यार्थिको संख्या बर्षेनी बढदै गएको र हाल विद्यालयसँग हाताभित्रै आफ्नै जग्गा नभएपनी स्थानियका जग्गा लिजमा लिएर पनी सफल हुदै गएको पनि उहाँले बताउनु भयो ।

प्रतिक्रिया