ताजा अपडेट
मेल्लेख गाउँपाालिकाद्धारा बिकास निमार्ण कार्यमा युवाहरुलाई परिचालन,९ सय बढीलाई व्यवसायमा जोडेर आत्मनिर्भर तथा रोजगार बनाउने लक्ष्य
मेल्लेख गाउँपाालिकाले बिकास निमार्ण कार्यमा युवाहरुलाई परिचालन गरेको छ । पालिका भित्र हुने बिकास निमार्णका कार्यमा युवाहरुलाई सहभागिता गराई रोजगार सिर्जना गरेको छ । मेल्लेखले आज पत्रकार सम्मेलनको आयोजना गरी दिगो बिकास र रोजगार,युवाको सरोकार भन्ने नाराका साथ बिकास निमार्णमा युवा दस्तालाई परिचालन गरेको पालिकाका अध्यक्ष लोग बहादुर बोहराले बताउनु भयो ।
आज बिधुत बिस्तारका लागी ५० जना युवाहरुलाई परिचालन गरिएको बोहराले बताउनु भयो । पालिकामा युवा स्वरोजगार कार्यक्रमका लागी ४ करोड २२ लाख ९१ ह्जार ३ सय बजेट रहेको र ९ सय ५३ जनालाई व्यवसायमा जोडेर रोजगार तथा आत्मनिर्भर बनाउने योजना पालिकाको रहेको बोहराले जानकारी दिनु भयो ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष धन बहादुर शाहीले बिकास निमार्णसगै सामाजिक अभियानका कार्यक्रम सञ्चालन रहेको बताउनु भयो । उहाले बिषेश गरी बालबिवाह न्युनिकरणमा निकै चुनौती रहेको भन्दै अब ठोस कार्य योजना बनाएर आगाडी बढ्ने उहाले बताउनु भयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया