Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

गुगल फोटोजमा अनलिमिटेड स्टोरेज बन्द हुँदै, यसरी चेक गर्नुहोस् बाँकी स्पेस

गुगल फोटोजमा अनलिमिटेड स्टोरेज बन्द हुँदै, यसरी चेक गर्नुहोस् बाँकी स्पेस

लामो समयदेखि निःशुल्क रुपमा प्रयोग गर्न सकिने कतिपय एप वा प्रविधिले लिमिटेशन तोक्न थालेका छन् । हालै मात्र पासवर्ड म्यानेजर एप लास्टपासले आफ्नो फ्री एपको उपयोगितालाई नाटकीयरुपमा सीमित गर्ने घोषणा गरेको छ ।

अरु धेरै एपहरु छन्, जुन सुरुमा निःशुल्क वा सस्तो अफर दिँदै विस्तारै प्रयोगकर्ताबाट रकम माग्छन् । यसैबीच गुगलले पनि आफ्ना प्रयोगकर्ताहरुलाई नयाँ ईमेल पठाउँदै आफ्नो फ्री अनलिमिटेड फोटो स्टोरेज पोलिसीलाई बन्द गर्ने सन्देश दिएको छ ।

आगामी जून १ देखि हाई क्वालिटी तथा एक्सप्रेस क्वालिटीका सम्पूर्ण नयाँ फोटो तथा भिडियो ब्याकअपलाई गुगल अकाउन्टमै आउने फ्री १५ जीबी स्टोरेजमा गणना हुने गुगलले उल्लेख गरेको छ ।

त्यसो त गुगलको यो निर्णय नोभेम्बर २०२० कै हो । तर जून १ गतेसम्म तपाईंले जति पनि उच्च गुणस्तरका फोटोहरु अपलोड गर्न सक्नुहुन्छ ।

तर तपाईंको गुगलमा कति स्टोरेज बाँकी छ त, त्यो कुरा तपाईंले पहिले थाहा पाउनुपर्छ । यसका लागि तपाईंले कति स्टोरेज प्रयोग गर्नुभएको छ त वा कतै तपाईंको स्टोरेज भरिएर अपग्रेड गर्नुपर्ने समय पो भएको छ कि ? यी कुराहरु हेर्ने धेरै तरिकाहरु छन् । आज हामी यसबारे तपाईंलाई सिकाउने छौं ।

१. सबैभन्दा पहिले यस पेजमा जानुहोस् । त्यहाँ तपाईंले कति स्टोरेज प्रयोग गर्नु भएको छ र ती स्टोरेज गुगल ड्राइभ, जीमेल, गुगल फोटोज, र तपाईंको डिभाइस ब्याकअपमा कति खर्च भएको छ भन्ने कुरा स्पष्ट देख्न सक्नुहुन्छ । (नोटः तपाईंसँग भएको गुगल अकाउन्ट अनुसार यो पेजको आवरणमा फरक पर्न सक्छ ।)

२. गुगल ड्राइभ पेजमा गएर पनि कति स्टोरेज बाँकी छ भनेर तपाईंले हेर्न सक्नुहुन्छ । साथै बाँयातिरको कोलममा रहेको तल्लो भागमा देखिने स्टोरेज स्टाटिस्टिकमा पनि तपाईंले हेर्न सक्नुहुन्छ ।

३. गुगलले एउटा पेज पनि बनाएको छ, जसले तपाईंको हालको उपभोगिताको आधारमा तपाईंले कहिले स्टोरेज बढाउने भन्ने कुराको आँकलन गर्दछ ।

जून १ को समयसीमा कटिसकेपछि जब तपाईं आफ्नो लिमिट सकिने नजिक पुग्नुहुन्छ, तब गुगलले रिमाइण्डर पठाउने बताएको छ । साथै गुगलले ‘डार्क, ब्लरी र अनावश्यक सामग्री’ पहिचान गर्ने टुल पनि प्रदान गर्ने बताएको छ ।

-द भर्जबाट

प्रतिक्रिया