Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

"सफा शहर स्वच्छ नगर" भन्दै राखिएका डस्टबिन एक बर्ष नपुग्दै गायब

"सफा शहर स्वच्छ नगर" भन्दै राखिएका डस्टबिन एक बर्ष नपुग्दै गायब

आज भन्दा ठिक एक बर्ष अघाडी मिती २०७६ साल फाल्गुन महिना को ८ गते साँफेबगर नगरपालिका वडा. न. ३ को वडा कार्यालयले वडा अध्यक्ष कृष्ण बहादुर  बुढाको नेतृत्वमा साँफे हाटबजारको फोहोर व्यवस्थापनका लागी "सफा शहर स्वच्छ नगर" भन्ने मुल नारा का साथ साँफेबगर हाटबजारका ठाउँ ठाउँमा करिब ५० भन्दा बढी डस्टबिन राखेको थियो । 

डस्टबिन राखेको केहि महिना हाटबजार को फोहोर व्यवस्थापन राम्रै संग भयो, नगरपालिका को गाडी पनि प्राय नियमितै आएर डस्टबिनको फोहोर उठाएर व्यवस्थापन गरियो ।  तर एक बर्ष नपुग्दै एक एक गरी डस्टबिनहरु हराउदै गए कतिले डस्टबिन लगेर घर गए भने कती डस्टबिन फुटाएर जलाईए, अहिले पुरै हाटबजारमा हेर्नेहो भने मुस्किल ले २-४ डस्टबिन देखिन्छन । केहि कुरा व्यवस्थापन गर्न र सुधार्न पहल गर्नु नेतृत्व तहको कर्तव्य हो भने त्यसको संरक्षण गर्नु हामी आम नागरिक को पनि त दायित्व हो । म कसै माथी दोष थुपार्न चाहन्न न त कसैलाई आरोप लगाउन चहान्छु किन कि म पनि यही समाजको नागरिक हुँ, त्यसले जे भयो त्यसको तार कही कतै म संग पनि जोडिएको छ । 

सधै नेतृत्व तहलाई आरोप लागाएर मात्र हुँदैन, कसैलाई आरोप लगाउनका लागी भएपनी यहाँ हामी आफै पहिले जिम्मेवार हुन जरुरी छ । यो  लेख्दै गर्दा मैले कसैलाई नराम्रो भन्न खोजेको हैन यत्ती हो कि कहिँ कतै बाट ति एका एक गायब पारिएका डस्टबिनहरु फेरी सोही स्थानमा फर्किन्छन कि भन्ने झिनो आश मात्र हो । 

साँफेबगर नगरपालिका अछाम जिल्लाकै  नमुना नगरपालिका हो भन्ने कुरामा दुईमत छैन । त्यसमाथी साँफे हाटबजार भनेको अछामकै मुटु हो भन्दा फरक पर्दैन दिनभरी भरिभराउ मान्छेहरु, राती सधै प्राय प्रहरी प्रशासनको निगरानी का बाबजुद सार्वजनिक सम्पती गायब हुनु भनेको आफैमा लाज मर्दो कुरा हो ।

यो सपनाको शहर हो अनगिन्ती मान्छेका सपना को भार बोकेको यो शहरलाई केहि सिमित महत्वकांक्षी मान्छेहरुले सार्वजनिक सम्पती गायब गर्दै बदनाम गर्न खोज्नु आफैमा एक निन्दनिय कार्य हो । आशा गरौं निकट भबिष्यमा यस्ता कार्यह रु दोहोरिने छैनन । जय कालभैरब, जय साँफेबगर । 

पहिले

अहिले

प्रतिक्रिया