Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

"सफा शहर स्वच्छ नगर" भन्दै राखिएका डस्टबिन एक बर्ष नपुग्दै गायब

"सफा शहर स्वच्छ नगर" भन्दै राखिएका डस्टबिन एक बर्ष नपुग्दै गायब

आज भन्दा ठिक एक बर्ष अघाडी मिती २०७६ साल फाल्गुन महिना को ८ गते साँफेबगर नगरपालिका वडा. न. ३ को वडा कार्यालयले वडा अध्यक्ष कृष्ण बहादुर  बुढाको नेतृत्वमा साँफे हाटबजारको फोहोर व्यवस्थापनका लागी "सफा शहर स्वच्छ नगर" भन्ने मुल नारा का साथ साँफेबगर हाटबजारका ठाउँ ठाउँमा करिब ५० भन्दा बढी डस्टबिन राखेको थियो । 

डस्टबिन राखेको केहि महिना हाटबजार को फोहोर व्यवस्थापन राम्रै संग भयो, नगरपालिका को गाडी पनि प्राय नियमितै आएर डस्टबिनको फोहोर उठाएर व्यवस्थापन गरियो ।  तर एक बर्ष नपुग्दै एक एक गरी डस्टबिनहरु हराउदै गए कतिले डस्टबिन लगेर घर गए भने कती डस्टबिन फुटाएर जलाईए, अहिले पुरै हाटबजारमा हेर्नेहो भने मुस्किल ले २-४ डस्टबिन देखिन्छन । केहि कुरा व्यवस्थापन गर्न र सुधार्न पहल गर्नु नेतृत्व तहको कर्तव्य हो भने त्यसको संरक्षण गर्नु हामी आम नागरिक को पनि त दायित्व हो । म कसै माथी दोष थुपार्न चाहन्न न त कसैलाई आरोप लगाउन चहान्छु किन कि म पनि यही समाजको नागरिक हुँ, त्यसले जे भयो त्यसको तार कही कतै म संग पनि जोडिएको छ । 

सधै नेतृत्व तहलाई आरोप लागाएर मात्र हुँदैन, कसैलाई आरोप लगाउनका लागी भएपनी यहाँ हामी आफै पहिले जिम्मेवार हुन जरुरी छ । यो  लेख्दै गर्दा मैले कसैलाई नराम्रो भन्न खोजेको हैन यत्ती हो कि कहिँ कतै बाट ति एका एक गायब पारिएका डस्टबिनहरु फेरी सोही स्थानमा फर्किन्छन कि भन्ने झिनो आश मात्र हो । 

साँफेबगर नगरपालिका अछाम जिल्लाकै  नमुना नगरपालिका हो भन्ने कुरामा दुईमत छैन । त्यसमाथी साँफे हाटबजार भनेको अछामकै मुटु हो भन्दा फरक पर्दैन दिनभरी भरिभराउ मान्छेहरु, राती सधै प्राय प्रहरी प्रशासनको निगरानी का बाबजुद सार्वजनिक सम्पती गायब हुनु भनेको आफैमा लाज मर्दो कुरा हो ।

यो सपनाको शहर हो अनगिन्ती मान्छेका सपना को भार बोकेको यो शहरलाई केहि सिमित महत्वकांक्षी मान्छेहरुले सार्वजनिक सम्पती गायब गर्दै बदनाम गर्न खोज्नु आफैमा एक निन्दनिय कार्य हो । आशा गरौं निकट भबिष्यमा यस्ता कार्यह रु दोहोरिने छैनन । जय कालभैरब, जय साँफेबगर । 

पहिले

अहिले

प्रतिक्रिया