Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

निरंकुशताको बाटोमा वर्तमान सरकार अग्रसर भयो :काङ्ग्रेस केन्द्रिय सदस्य संग्रौला

निरंकुशताको बाटोमा वर्तमान सरकार अग्रसर भयो :काङ्ग्रेस केन्द्रिय सदस्य संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एबं प्रभावशाली महिला नेतृ डा.डीला संग्रौलाले केपी शर्मा वलि र रास्ट्रपति बिधादेबी भण्डारीले संसद बिगठन गरेर संविधानकाे बीभत्स तरिकाले हत्या गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन अछामले आइतबार मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संसद बिगठन असंबैधानिक र प्रतिगामी कदम हो भनेर नेपाली कांग्रेस प्रष्ट रहेको बताईन् ।

त्यसका विरुद्ध कांग्रेसले निरन्तर आन्दोलन समेत गरिरहेको उनले बताइन् लोकतन्त्र ल्याउनका लागि गरिएको जनताको योगदानको कदर नै नगरी संसद विघटन गर्नु अलोकतान्त्रिक पद्धती भएकाले तत्काल यो निर्णय सच्याउन आग्रह समेत गरिन। वर्तमान सरकार निरंकुशताको बाटोमा अग्रसर भई नागरिक सर्वोच्चता, विचार तथा अभिव्यक्ती स्वतन्त्रता र प्रेस स्वतन्त्रताको घाँटी निमोठ्न तर्फ लागेको बताइन् ।

नेपाली जनताको जिउ धनको रक्षा गर्नु सरकारको मुख्य दायित्व भएपनि यस तर्फ सरकारको ध्यान केन्द्रित हुन् नसकेको बताइन् । आज खुल्ला छातिले हाम्री चेली हरु सडकमा हिड्न सकिरहेकी छैनन् ,दिन दहाडै बलात्कारको सिकार भइरहेकिछन उनले भनिन् । यस्ता जघन्य अपराध हरु सरकारको आखै अगाडि हुँदा पनि यो अन्धो सरकारले कानमा तेल हालेर सुतिरहेको छ । अब यो सरकार बाट नेपाली जनताले कुनै पनि आश गरेका छैनन् । देश र जनताको पाटी नेपाली काङ्ग्रेस भएकोले मुलुकमा फेरि नेपाली काङ्ग्रेसको आवस्यकता परेको उनले बताइन् ।

नेपाल प्रेस युनियन अछाम शाखाका अध्यक्ष टंक प्रसाद रिमालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला स्थित सम्पुर्ण संचारकर्मिहरुको उपस्तिथि रहेकोे थियो ।उपाध्यक्ष नमराज भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको सम्मेलनको संचालन सचिव सुशील भण्डारीले गरेका थिए ।

प्रतिक्रिया