Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

निरंकुशताको बाटोमा वर्तमान सरकार अग्रसर भयो :काङ्ग्रेस केन्द्रिय सदस्य संग्रौला

निरंकुशताको बाटोमा वर्तमान सरकार अग्रसर भयो :काङ्ग्रेस केन्द्रिय सदस्य संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एबं प्रभावशाली महिला नेतृ डा.डीला संग्रौलाले केपी शर्मा वलि र रास्ट्रपति बिधादेबी भण्डारीले संसद बिगठन गरेर संविधानकाे बीभत्स तरिकाले हत्या गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन अछामले आइतबार मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संसद बिगठन असंबैधानिक र प्रतिगामी कदम हो भनेर नेपाली कांग्रेस प्रष्ट रहेको बताईन् ।

त्यसका विरुद्ध कांग्रेसले निरन्तर आन्दोलन समेत गरिरहेको उनले बताइन् लोकतन्त्र ल्याउनका लागि गरिएको जनताको योगदानको कदर नै नगरी संसद विघटन गर्नु अलोकतान्त्रिक पद्धती भएकाले तत्काल यो निर्णय सच्याउन आग्रह समेत गरिन। वर्तमान सरकार निरंकुशताको बाटोमा अग्रसर भई नागरिक सर्वोच्चता, विचार तथा अभिव्यक्ती स्वतन्त्रता र प्रेस स्वतन्त्रताको घाँटी निमोठ्न तर्फ लागेको बताइन् ।

नेपाली जनताको जिउ धनको रक्षा गर्नु सरकारको मुख्य दायित्व भएपनि यस तर्फ सरकारको ध्यान केन्द्रित हुन् नसकेको बताइन् । आज खुल्ला छातिले हाम्री चेली हरु सडकमा हिड्न सकिरहेकी छैनन् ,दिन दहाडै बलात्कारको सिकार भइरहेकिछन उनले भनिन् । यस्ता जघन्य अपराध हरु सरकारको आखै अगाडि हुँदा पनि यो अन्धो सरकारले कानमा तेल हालेर सुतिरहेको छ । अब यो सरकार बाट नेपाली जनताले कुनै पनि आश गरेका छैनन् । देश र जनताको पाटी नेपाली काङ्ग्रेस भएकोले मुलुकमा फेरि नेपाली काङ्ग्रेसको आवस्यकता परेको उनले बताइन् ।

नेपाल प्रेस युनियन अछाम शाखाका अध्यक्ष टंक प्रसाद रिमालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला स्थित सम्पुर्ण संचारकर्मिहरुको उपस्तिथि रहेकोे थियो ।उपाध्यक्ष नमराज भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको सम्मेलनको संचालन सचिव सुशील भण्डारीले गरेका थिए ।

प्रतिक्रिया

ट्रेन्डिङ